IME Life New

पहिरोले क्षति पुर्याएपछि बाराही हाइड्रोपावरको आयोजनाबाट विद्युत उत्पादन बन्द

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराही हाइड्रोपावरले सञ्चालन गर्दै आएको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ।

लगातारको वर्षाका कारण असार २२ गते खसेको पहिरोले १.५ मेगावाट क्षमताको आयोजनाको इन्टेक र ग्राभेल ट्यापको बीचको संरचना क्षति पुर्याएको र विद्युत गृहमा पानी पठाउने बाटो अवरुद्ध भएकोले असार २२ गतेबाटै विद्युत उत्पादन बन्द भएको कम्पनीले जनाएको छ।

Esewa
Crest

यो आयोजना बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरास्थित ठेउले खोलामा सञ्चालन रहेको छ।

वर्षा निरन्तर भइरहेकोले पहिरो पन्छाउन कठिन भइरहेको कम्पनीले जनाएको छ। पहिरो हटाउनलाई टोली खटाइसकेको पनि कम्पनीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS