IME Life New

पहिचानको आधारमा प्रदेशको नामाकरण भए समाजको द्वन्द्व हटाउन सक्छौँः महामन्त्री थापा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदिप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित स्व. प्रदिप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे । उनले पहिचानको आधारमा प्रदेशको नामाकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व.गिरीको विचार काँग्रेस जस्तो मुल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताए ।

Esewa
Crest

स्व.प्रदीप गिरीको विचारलाई जम्मा गरेर काँग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि काँग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने उनले जानकारी दिए ।

उनले भने, उनले यति धेरै कुरा बोलेका छन्, उनका फुटकर लेखहरु, रचनाहरु, यो सबैकुरालाई पार्टीबाट प्रकाशन गर्नुपर्छ, जम्मा गर्नुपर्छ र उनले भन्नुभएका कुरालाई सिलसिलावद्ध मिलाएर उनले बताउन खोजेको कुरालाई कम्तिमा पनि अर्को १५÷२० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले काँग्रेसलाई सम्बोधन गर्नेछ । त्यसबाट एउटा आधार बन्छ । म झापा र इलाम गएर आएँ । त्यहाँ प्रदेश १ को नामाकरण ठूलो विषय छ ।

तर प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली काँग्रेस जस्तो मुल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदी यसलाई ग¥यौँ भने हामीले समाजको द्वन्द्वलाई चिर कालसम्म मेट्न सक्छौँ भन्नेकुराको प्रेरणा प्रदीप दाईको भनाइबाट पाउन सक्छौँ ।

नेपाली काँग्रेसलाई बदल्ने हो, काँग्रेसको सदस्य बदल्ने, उम्मेदवार छनोट प्रक्रिया बदलेर पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा अघि जानुपर्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS