IME Life New

पर्यटन प्रवर्द्धनमा लक्षित सिद्धार्थ बैंकको २०८१ सालको क्यालेन्डर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यका साथ वि.सं २०८१ सालको नयाँ बर्षको क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरको मुख्य विषय वस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धनको साथै सो गन्तव्यहरुमा जिम्मेवारपूर्वक अन्वेषण गर्नु रहेको छ ।

बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्ने प्रयास गरेको जनाएको छ । क्यालेन्डरमा सोलुखुम्ब जिल्लामा अवस्थित दुधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ्ग र छोरोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ्ग जिल्लामा अवस्थित भुजुङ्ग गाउँ, मनाङ्ग जिल्लामा अवस्थित नार फु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कन्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरु समावेश गरिएकोछ, जसले नेपालको प्राकृतिक र पुरातात्वीक सौन्दर्यतालाई उजागर गर्दछ ।

Esewa
Crest

बैंकको यस प्रयासलेआन्तरिक तथा विदेशी पर्यटकहरुलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरी पृथक अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS