IME Life New

पर्यटक यातायात व्यवसायी संघमा सापकोटाको अध्यक्षतामा प्यानल, यस्ता छन प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघको नयाँ नेतृत्वका लागि प्रकाश सापकोटाको नेतृत्वमा प्यानल नै घोषणा भएको छ । समूहले आइतबार निर्वाचन समितिको कार्यालयमा उम्मेदवारी दर्ता समेत गरिसकेको छ । संघको २०औं साधारण सभा तथा अधिवेशन यही भाद्र २२ गते काठमाडौँमा हुँदैछ ।

सापकोटा समूहबाट वरिष्ठ उपाध्यक्षमा भरतप्रसाद तिमल्सिना, उपाध्यक्षमा अञ्जन महर्जन, महासचिवमा अनिल मोक्तान, सचिवमा प्रमोदप्रसाद अर्याल, कोषाध्यक्षमा रामकुमार बस्नेत र सदस्यहरूमा बाजिराम घिमिरे, इन्द्रबहादुर पाठक र सुदिन महत रहेका छन ।

Esewa
Crest

सापकोटाको समूहलाई संघका संस्थापकहरू, पूर्व अध्यक्षहरू र वर्तमान कार्यसमितिका अध्यक्ष र उपाध्यक्षले समर्थन दिएका छन । उम्मेदवारी दर्ता लगत्तै दैनिकीसँग कुरा गर्दै अध्यक्षका उम्मेदवार प्रकाश सापकोटाले आफूहरूले व्यवसायीको बृहत्तर हितका निम्ति काम गर्न नै प्यानल नै बनाएर चुनावी मैदानमा होमिएको बताए ।

अध्यक्षका उम्मेदवार सापकोटाले अहिलेसम्म पर्यटक बसका लागि संघीय राजधानीमा एउटा पनि बसपार्क नभएको र त्यसका लागि आफूले पहिल गर्ने जाकारी दिए । उनले बौद्धदेखि हनुमानढोका दरबार क्षेत्र लगायतका विभिन्न पर्यटकीय क्षेत्रमा पार्किङको समस्या रहेको भन्दै त्यसको दीर्घकालीन समाधान खोज्न आफ्नो नेतृत्वको टिमले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रहरीले हरियो प्लेटका पर्यटक बोक्ने सवारी माथि फरक व्यवहार गर्ने गरेको भन्दै सापकोटाले त्यसमा परिवर्तन ल्याउन समन्वय गरेर काम गर्ने बताए । उनले सरकारले २० वर्षे सवारी हटाउने भन्दै हचुवाका भरमा निर्णय कार्यान्वयन गर्न खोजेको सन्दर्भ उल्लेख गर्दै व्यवसायीको पक्षमा हुने गरी निश्चित मापदण्ड बनाएर बैज्ञानिक ढंगले व्यवस्थापन गर्न पहल गर्ने बताए ।

सापकोटाले पर्यटक बोक्न बिधुतीय सवारी खरिदका लागि व्यवसायीलाई विशेष अनुदान दिनुपर्ने बताउँदै त्यसका लागि ठोस पहल गर्ने बताए । अध्यक्षका उम्मेदवार सापकोटाले इम्बोस्ट नम्बर प्लेटमा हरियो प्लेटको गाडीको पहिचान मेटाउने प्रयत्न भएको भन्दै पहिचान कायमका लागि जुनसुकै जोखिम उठाउन तयार रहेको बताए ।

सापकोटाले आफ्नो समूह निर्वाचित भएको अवस्थामा देशका विभिन्न ठाउँमा छरिएर रहेका पर्यटक यातायात व्यवसायीहरूलाई संगठित गर्न एक वर्षभित्रमा सातै प्रदेशमा संगठन विस्तार गर्ने घोषणा पनि गरेका छन । उनले बीमाको दाबी भुक्तानीको प्रक्रिया कमजोर रहेको पीडितले पाउनै मुस्किल भएको भन्दै कमजोरी सुधार गर्दै एकद्धार प्रणालीमा लगेर संघले नै बीमाको दाबी भुक्तानीको काम गराउने गरी व्यवस्था मिलाउन पहल गर्ने बताए ।

पर्यटनमा होटलपछिको सबैभन्दा ठूलो लगानी पर्यटक यातायातमा रहेको भए पनि सरकार सम्बन्धित सरोकारवालाहरूले नजर अन्दाज गरेको देखिन्छ सापकोटाले अध्यक्षमा निर्वाचित भए त्यसका लागि समेत आफूले काम गर्ने बताए । पर्यटन क्षेत्रमा नगद अझै धेरै त अग्रिम भुक्तानीमा कारोबार हुन्छ अर्थात पर्यटकहरूको भ्रमण उधारोमा हुँदैन तर यातायात व्यवसायीले कतिपय अवस्थामा छ महिनासम्म पनि भुक्तानीका लागि भौँतारिनु पर्ने अवस्था रहेको छ सापकोटाको समूहले आफ्नो जित भएमा भुक्तानीमा ढिलाइ हुने अवस्था शून्यमा झार्न पहल गर्ने प्रतिवद्बता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS