IME Life New

परामर्श सेवा दिने मर्चेन्ट बैंकरलाई धितोपत्र बोर्डको नयाँ निर्देशन, कार्यालयदेखि सिईओसम्मको मापदण्ड तोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुलाई एक निर्देशन जारी गर्दै संस्थागत परामर्श सेवा थप व्यवस्थित गर्न निर्देशन दिएको छ । बोर्डले नीतिगत रुपमा मर्चेण्ट बैंकहरुले प्रवाह गर्दै आएको संस्थागत लगानी परामर्श सेवालाई प्रभावकारी, दक्षतायुक्त परामर्श सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

बोर्डले कार्यालय व्यवस्थापनदेखि सिईओ नियुक्ती गर्दासम्म आवश्यक मापदण्ड पालना गर्न भनेको छ । गुणस्तरीय परामर्श सेवाको लागि निर्देशन जारी गर्दै बोर्डले कार्यालयको क्षमता, सूचना प्रविधि, साधन तथा दक्ष जनशक्तिसहितका संसाधनयुक्त हुनुपर्ने जनाएको छ ।
बोर्डबाट अनुमतिपत्र प्राप्त सबै संस्थागत परामर्श सेवा प्रदान गर्ने मर्चेन्ट बैंकरहरुले बोर्डले आगन्तुक प्रतिक्षालय, ग्राहक सेवा, स्टोर, सूचना प्रविधि सहित व्यवसाय संचालन सम्बन्धी काम संचालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा १ हजार वर्ग फिट क्षेत्रफल भएको कार्यस्थलको व्यवस्था गर्नुपर्नेछ मापदण्ड जारी गरेको छ ।

Esewa
Crest

त्यसैगरी, मापदण्डमा कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तिमा दुई वर्ष अवधिको बहालसम्बन्धी सम्झौता हुनु पर्ने, संचार साधनः टेलिफोन, फ्याक्स सहित इमेल इन्टरनेटको व्यवस्था, सूचना प्रविधिः आवश्यक कम्प्युटर सफ्टवेयर, सर्भर र हार्डवेयरका साथै कम्प्युटर ल्यापटप जनशक्ति व्यवस्था अनुसार कम्प्युटर, प्रिन्टर, सिसिटिभी, पावर व्याकअप, हाजिरी मेशिन, कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा अन्य कार्यालय सामाग्रीको व्यवस्था गरिएको हुनु पर्ने जनाएको छ ।

साथै बोर्डले परामर्श सेवा दिन कम्पनीको सिईओ हुन अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ ।

संस्थागत परामर्श दिने मर्चेन्ट बैंकर कार्यालयबाट प्रदान गरिने परामर्श सेवा अनुसारको विज्ञ जनशक्तिको हकमा सम्पत्ति तथा दायित्व मूल्यांकनसम्बन्धी परामर्शका लागि चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको कम्तिमा एक जना कर्मचारीको व्यवस्था गरिनु पर्ने व्यवस्था बोर्डले लागू गरेको छ । त्यस्तै, अचल सम्पत्ति मूल्यांकन सम्बन्धी परामर्शका लागि सम्बन्धित विषयमा इन्जिनियरिङ्गमा स्नातक गरेको कम्तिमा एक जना कर्मचारी हुनु पर्ने व्यवस्था बोर्डले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS