IME Life New

पठाओ नेपालले शुरु गर्यो पार्सल सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालको अग्रणी राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले ‘पठाओ पार्सल’ सेवा सुरू गरेको छ । काठमाडौँ उपत्यकाभित्र कतै सामानहरू पुर्‍याउन परेमा वा ल्याउन परेमा पार्सल गर्न सकिने पठाओले बताएको छ ।

‘बिर्सिनु त स्वाभाविक हो ! पठाओ पार्सल छँदै छ नि ! ’ भन्ने नाराका साथ पठाओले सामान ढुवानी गर्न आफ्नो पार्सल सेवा विस्तार गरेको हो । पठाओको मोबाइल एप मार्फत यो सेवा लिन सकिन्छ । पार्सल सेवाका लागि पठाओ राइडरहरू परिचालन गरिने कम्पनीले बताएको छ । पार्सल सेवा पनि राइड सेयरिङ्ग सेवा जस्तै छिटोछरितो र सुरक्षित भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

पार्सल सेवामा पठाउने वा पाउने व्यक्तिले सेवाका लागि रकम तिर्न सक्नेछन् । सामानहरू पार्सल गर्दा केही हानीरनोक्सानी भएमा २ हजार रुपैयाँसम्म क्षतिपूर्ति समेत हुने जनाएको छ । यस अगाडि बाइक, कार लाइट (ट्याक्सी), पठाओ बजार र पठाओ फुडको सेवा दिंदै आएको पठाओले आफ्ना सेवाग्राहीलाई थप सुबिधा दिन पार्सल सेवा सुरू गरेको कम्पनीले जनाएको छ ।

चौबीसै घण्टा सेवा रहेको पार्सल सेवामा अधिकतम २ किलोसम्मको सामान पठाउन सकिन्छ । केही समयदेखि परिक्षणमा रहेको यो सेवा आज साउन २४ गतेदेखि पूर्ण रुपमा सुचारु भएको हो ।

पठाओ नेपालको कार लाइट (ट्याक्सी) को सेवा ४ वर्ष पूरा भएको छ । सन् २०१८ सेप्टेम्बदेखि बाइकमा राइड सेयरिङ सेवा सुरू गरेको पठाओले सन् २०१९ अगस्ट ९ देखि नेपालमा कार लाइट सुरू गरेको थियो ।

बार्गेनिङको झन्झट नहुने, चोक सम्म खोज्न जान नपरी गेटदेखि गेटसम्म सेवा हुने, डिजिटल भुक्तानी गर्न मिल्ने, यात्राको समयमा लाइभ ट्र्याकिङ्को व्यवस्था, १० लाख रुपैयाँसम्मको इन्स्योरेन्स जस्ता सुविधाले कार लाइटको लोकप्रियता बढ्दो दरमा रहेको छ । हाल काठमाडौं उपत्यकामा आठ हजारभन्दा बढी ट्याक्सी पठाओमा आवद्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS