IME Life New

न्यादी हाइड्रोपावरले घटायो घाटा, बढायो आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । न्यादी हाइड्रोपावरले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ७५ लाख ७५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। नाफा अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको घाटा घटेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट २१ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ८ लाख रुपैयाँ आम्दानी गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी ६१.८४ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको अन्य इक्विटीमा ५४ करोड ३३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ४१ करोड ५८ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.५१ रुपैयाँले ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३.७८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS