IME Life New

न्यादी हाइड्रोपावरको साधारण सभा चैत ६ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले १५औं वार्षिक साधारण सभा चैत ६ गते गर्ने भएको छ । सभा कार्की ब्याक्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण छलफल गरी पारित गर्नूका साथै चालू आवको लेखापरिणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महीला सञ्चालक सहित दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १९ गते देखि चैत ६ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा फागुन १८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS