IME Life New

नौ हजार पिसिआर पोजेटिभ रिपोर्ट स्वास्थ्य मन्त्रालयको तथ्याङ्कसँग प्रमाणिकरण गरिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले करिब नौ हजार वटा कोरोना बीमाको दावी भुक्तानीको लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेको जनाएको छ ।
बीमा समितिका उच्च अधिकारीले दिएको जानकारी अनुसार कोरोना बीमा पुलमार्फत प्राप्त ९ हजार ३६२ वटा कोभिड–१९ पोजेटिभ रिपोर्ट स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी प्रमाणिकरण गर्न लागेको हो । रिपोर्ट प्रमाणिकरण पश्चात दावी भुक्तानी छिटो हुनेछ ।

कोरोना बीमा दावी भुक्तानीमा भएको ढिलाईबारे चौतर्फी आलोचना भइरहेको बेला बीमा समितिले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा असोज ३० गतेसम्म बीमा पुलमा प्राप्त दावी तथा सो दावी साथ पेश भएको कोभिड–१९ पोजेटिभ भएको पिसिआर परिक्षण रिपोर्ट स्वास्थ्य मन्त्रालयको तथ्याङ्कसँग जाँचेर प्रमाणिकरण गर्न लागेको हो । प्रमाणिकरण भएपछि कोरोना बीमाको दावी भुक्तानी तीव्र गतिमा हुने बीमा समितिले जनाएको छ ।

Esewa
Crest

हालसम्म कोरोना बीमाको दावी भुक्तानी ९१ करोड रुपैयाँ बाँकी रहेको बीमा पुलले जनाएको छ । यद्यपि कम्पनीहरुमा परेको दावीको विवरण हिसाब गर्ने हो भने एक अर्ब ७० करोड नाघिसकेको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै एक अर्बभन्दा बढिको दावी परिसकेको छ । कम्पनीले सबै कागजात नपाएको भन्दै बीमा पुलमा तथ्याङ्क प्रमाणिकरणको लागि पठाउने प्रक्रियामा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS