IME Life New

नौ बैंकको लाभांश घोषणा, अझै कुनको किन्दा पाइन्छ प्रतिफल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरिरहेका छन्। नेप्सेमा सूचीकृत ७ वाणिज्य बैंक र २ विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। वाणिज्य बैंकमध्ये नबिल बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन बैंक, एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा विकास बैंकमध्ये कामना सेवा र शाइन रेसुंगाले लाभांश घोषणा गरिसकेका हुन्।

सानिमा बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५.२६३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले यस वर्ष बोनस नदिई नगद लाभांश दिने निर्णय गरेको हो। बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ। त्यसकारण कात्तिक २२ गते विहीबार छठ पर्व परेकाले कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश पाउनेछन्।

Esewa
Crest

ग्लोबल आइएमई बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५.५ प्रतिशत बोनस शेयरमात्रै दिने घोषणा गरेको छ। यस वर्ष बैंकले नगद लाभांश नदिने भएको छ। बैंकले मंसिर ९ गते आइतबार १ दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसका आधारमा मंसिर ८ गते नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन सक्नेछन्।

सिटिजन बैंकले गत वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर दिने भएको छ भने कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले लाभांश पारित गर्न १८ औँ वार्षिक साधारणसभा कात्तिक १२ गते काठमाडौँको डिल्लीबजारस्थित अमृतभोमा सम्पन्न गरिसकेको छ।

एभरेष्ट बैंकले गत वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमध्ये बैंकले १० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ भने ५.५३ प्रतिशत नगद लाभचांश वितरण गर्ने भएको छ। बैंकले साधारणसभा पनि सम्पन्न गरिसकेको छ।

नबिल बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीलाई चुक्तापुँजीको कुल १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। बैंकले बुक क्लोज मिति भने तय गरेको छैन।

प्राइम कमर्सियल बैंकले आर्थिक वर्षको २०८०।८१ का लागि गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैंकले शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ। बैंकले बुक क्लोज मिति भने तय गरेको छैन।

यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २५.५ प्रतिशतले लाभांश घोषणा गरेको छ। जसमा ६.५ प्रतिशत बोनस शेयर र करसहित १९ प्रतिशत नगद लाभांश छन्। बैंकले बुक क्लोजको मिति तय गरेको छैन।

यता विकास बैंकहरुमा भने हालसम्म कामना सेवा र शाइन रेसुंगाले मात्रै लाभांश घोषणा गरेका छन्। कामना सेवाले आर्थिक वर्ष २०८०।८१ को चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसमेत) गरी १२ प्रतिशत लाभांश घोषणा गरेको हो। कामना सेवाको असोज ३० गते सम्पन्न १८ औँ वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरिसकेको छ।

त्यस्तै शाइन रेसुंगाले हाल कायम चुक्तापुँजीको कुल ८ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। शाइन रेसुंगाले बुक क्लोजको मिति तय गरेका छैन।

अब ४ वटा वाणिज्य बैंक र एउटा विकास बैंकको शेयर किन्दा अझै लाभांश हात पार्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS