IME Life New

नोएल टाटा बने भारतीय औद्योगिक समूह टाटा ग्रुपको अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको व्यापारिक समूह टाटा समूहको नेतृत्व नोएल टाटाले सम्हाल्ने भएका छन् । शुक्रबार टाटा ट्रष्टको सञ्चालक समितिको बैठकले नोएल टाटाको नेतृत्वमा समूहलाइ अघि बढाउने निर्णय गरेको हो ।

टाटा समूहका अध्यक्ष रतन टाटाको निधनपछि टाटा समूहले नयाँ नेतृत्वको चयन गरेको हो। नोएल, स्वर्गिय रतन टाटाको साैतेनी आमाकी छोरा हुन् ।

Esewa
Crest

नोएल ताटा पहिले नै सर दोराबजी टाटा ट्रस्ट र सर रतन टाटा ट्रस्टका प्रमुख ट्रस्टी हुन्। अब उनी ताटा समूहको प्राथमिक होल्डिङ कम्पनी, टाटा सन्समा नियन्त्रणको हिस्सेदारी राख्ने ट्रस्टहरूको नेतृत्व गर्नेछन्।

टाटा ट्रस्टहरूमा समावेश विभिन्न ट्रस्टका ट्रस्टीहरूले शुक्रबार रतन एन टाटाको निधनमा शोक प्रकट गर्न बैठक गरेका थिए। यसपछि उनीहरूले सर्वसम्मति गरेर नोएल नवल टाटालाई ट्रस्टहरूको नयाँ अध्यक्षको रूपमा नियुक्त गरेका छन्, र उनको नियुक्ति तुरुन्त प्रभावकारी हुनेछ।

रतन टाटाको नेतृत्वमा टाटा समूहले विविध उद्योगहरूमा महत्वपूर्ण प्रगति हासिल गरेको छ।

टाटा समूहको नयाँ नेतृत्वले भारतको औद्योगिक विकासमा थप योगदान गर्ने र अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्छ भन्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%
happy

खुसी

9%
sad

दु :खी

9%
amazed

अचम्मित

18%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS