IME Life New

नेशनल हाइड्रोपावरको हकप्रद शेयर ७३ प्रतिशत मात्रै बिक्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरमा आज अन्तिम दिनसम्म पनि ७३ दशमलव ४२ प्रतिशत मात्रै बिकेको छ । कम्पनीले माग गरेजति आवेदन पर्न अझै २७ प्रतिशत बाकी रहेको छ । तर कम्पनीको हकप्रद भर्ने समय आज अन्तिम दिन हो । बाँकी शेयर कम्पनीले लिलामी प्रक्रिया मार्फत विक्री गर्नेछ ।  कम्पनीको हकप्रदमा २७ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात साउन १८ गते साँझ ५ः०६ बजेसम्म ६० करोड ३६ लाख ७३ हजार ४०० रुपैयाँ बराबरको २७ हजार ७४१ जनाले ६० लाख ३६ हजार ७३४ कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले असार २९ गतेदेखि चुक्त्ता पूँजीको ५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

Esewa
Crest

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

हकप्रद शेयर निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले सिन्धुपाल्चोकको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS