IME Life New

नेशनल साईबर ओलम्पियाड–२०७९ को सेमिफाइनल चरण सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल साईबर ओलम्पियाड–२०७९ को सेमिफाइनल चरण सम्पन्न भएको छ । प्रशिक्षणको आयोजनामा मंसिर १३ गते देखि सुरु भई मंसीर २६ गते सम्म संचालन भइरहेको नेशनल साईबर ओलम्पियाड–२०७९ का सेमिफाइनल चरणका खेलहरु मंसीर २२ गते विहिवार फिनिक्स कलेज अफ मेनेजमेन्ट, मैतिदेवी, काठमाण्डौमा सम्पन्न भएका छन् ।

कार्यक्रममा काठमाण्डौ उपत्यकाका ४० विद्यालयका माध्यमिक तहका १२० जना विद्यार्थीहरु सहभागि भई प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा सुचना र प्रविधि विषयको सामान्य ज्ञान, पाठ्यक्रम, लजिकल, मल्टिमिडिया, डिफेन्डिङ र ग्यासपिङ राउन्डमा सहभागी विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइएको थियो ।

Esewa
Crest

सेमिफाइनलमा ऐम्स एकेडेमी, ग्यालेक्सी पब्लिक स्कूल–टिम ए, ग्यालेक्सी पब्लिक स्कूल–टिम बि, रिलायन्स को–एड स्कूल, क्यारीबियन सेकेन्डरी स्कूल, पाठशाला नेपाल फाउन्डेशन, रिलायन्स पब्लिक स्कूल, काठमाण्डौ प्रज्ञा कुन्ज स्कूल, द न्यु समिट सेकेन्डरी स्कूलले प्रतिस्पधा गरेका थिए ।

सेमिफाइनल प्रतियोगितावाट उत्कृष्ट हुदैं ऐम्स एकेडेमी, रिलायन्स को–एड स्कूल, पाठशाला नेपाल फाउन्डेशन र रिलायन्स पब्लिक स्कूल गरी ४ वटा स्कुलका टिम फाइनल चरणमा प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल चरण तथा समापन समारोह मंसीर २६ गते सोमवार रसियन हाउस, कमलपोखरी काठमाण्डौमा ११ वजे देखि संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS