IME Life New

नेशनल साईबर ओलम्पियाडको चौथो संस्करण आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल साईबर ओलम्पियाड–२०७९ (National Cyber Olympiad – 2079) को चौथो संस्करण आयोजना हूने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गई रहेको नेशनल साईबर ओलम्पियाड–२०७९ मंसीर ११ गते काठमाडौंमा हुनेछ।

मंसिर ११ गते देखि सुरु हुने यस कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढि स्कूलका टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । नेशनल साईबर ओलम्पियाड सुचना प्रविधि क्षेत्रको अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने छ जसमा सहभागी हुने स्कूलहरुले मंसिरको ८ गते सम्ममा दर्ता गर्नुपर्ने छ ।

Esewa
Crest

आयोजकका अनुसार यो प्रतियोगिताको तीनवटा संस्करण यस अघि २०७१, २०७२ र २०७३ मा सफल रुपमा आयोजना भईसकेको र चौथो संस्करण अझ परीस्कृत रुपमा सम्पन्न हुन गइरहेको हो । प्रतियोगिता Qualifying, Semifinal र Final गरी तीन चरणमा Knock Out पद्तिबाट संचालन हुने छ। प्रतियोगितामा General, Curriculum, Logical, Multimedia, Defending, Gambling and Gasping Round  च्यगलम हरुमा दर्ता भएका प्रतियोगी समुह वीच प्रतिस्पर्धा गराइने छ ।

NCO-2079 प्रतियोगितामा उत्कृट हुने टिमले नगद पुरस्कार, ट्रफि, मेडल तथा अन्य धेरै उपहारहरुले सम्मान गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको ओरिन्टेसन मंसिरको ११ गते सुरु भई अन्तिम चरणको प्रतियोगिता मंसिरको २३ गते सम्पन्न हुनेछ ।

सुचना प्रविधि क्षेत्रलाई केन्द्रित गरी आयोजना गरीएको यस प्रतियोगितात्मक कार्यक्रममार्फत सहभागी बिद्यार्थीहरुले प्रतिस्पर्धा मार्फत सुचना प्रविधिको ज्ञान हासिल गर्ने तथा सो क्षेत्रमा आफुलाई अध्यावधिक राख्ने अवसर पाउने कुरा यसका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले बताए।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले सम्वन्धित स्कुलमा पठाइएको फारम भरेर वा अनलाइन मार्फत पनि तलको लिन्कबाट नाम दर्ता गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS