IME Life New

नेशनल लाईफबाट क्लीयरेन्स नपाएका व्यक्ति दुई वर्षदेखि ज्योति लाईफमा काम गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्समा दुई वर्षदेखि रिजनल म्यानेजरको काम गर्दै आएका घोराही ब्रान्चका मोहन पुरीलाई पुरानो कार्यरत कम्पनीबाट क्लीयरेन्स पत्र नभई नियुक्त गरेको खुलासा भएको छ । साथै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पनि साढे दुई वर्षदेखि पूर्व कर्मचारीलाई क्लीयरेन्स पत्र नदिई मुद्दामा अल्झाएर राखेको पाइएको छ ।

ज्योति लाईफ इन्स्योरेन्सको दाङस्थित घोराही शाखामा कार्यरत पुरीले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको डेभलपमेन्ट अफिसर पदबाट २०७५ साल फागुनमा राजिनामा दिएका थिए । उनको राजिनामा अहिलेसम्म स्वीकृत भएको छैन । उनको राजिनाको विषय हाल पुनरावेदन अदालतमा विचाराधिन रहेको छ । पुरीलाई नेशनल लाईफ इन्स्योरेनस कम्पनीले क्लीयरेन्स नदिएको भन्दै मुद्दा दायर गरेका थिए । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका अनुसार कम्पनीको शर्त पालना नगरेकोले राजिनामा स्वीकृत नगरिएको जनाएको छ ।

Esewa
Crest

ज्योति लाईफका सूचना अधिकारी उमेश प्रसाद मैनालीले मोहन पुरी आफ्नो कम्पनीमा दुई वर्षदेखि कार्यरत रहेको स्वीकार गरे । मैनालीका अनुसार पुरी दुई वर्षदेखि दाङको घोराही शाखामा कार्यरत छन् । ज्योति लाईफ स्रोतका अनुसार पुरीलाई नियुक्ती पत्र दिइएको छ ।
उता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रशासन विभाग प्रमुख सुरेश प्रसाद खत्रीले मोहन पुरीको राजिनामा स्वीकृत नभएको र क्लीयरेन्स समेत नदिएको पुष्टि गरे । खत्रीले मोहन पुरीको राजिनामा र क्लीयरेन्स दिने विषय अदालतमा विचाराधिन रहेकोले थप बोल्न नमिल्ने बताए ।

मोहन पुरीले भने नेशनल लाईफ इन्स्योरेन्सले आफूलाई अन्यायपूर्वक श्रम ऐन अनुसारको सुविधा नदिएको आरोप लगाएका छन् । उनले श्रम ऐन अनुसार पाउनुपर्ने, बीमा सुविधा, बिदा बापतको सुविधा, कोषमा जम्मा भएको रकम निकाल्ने सुविधा तथा क्लीयरेन्स पत्र दिनुपर्ने काम नपाएकोले गुनासो गरे । उनले भने, ‘मैले १० वर्षदेखि काम गरेको कम्पनीले गरेको व्यवहारप्रति मेरो कुनै गुनासो छैन । म कानुनी लडाई लड्दैछु ।’ साथै पुरीले श्रम विभाग र श्रम अदालतबाट आफ्नो पक्षमा फैसला भएको र उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा पुगेको पुरीले बताए । उनले कम्पनीमा काम गर्न मन नलागेर राजिनामा दिएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘कुनै पनि कम्पनीमा काम गर्ने वा नगर्ने मेरो व्यक्तिगत अधिकार हो ।’ उनले तीन वर्षदेखि कम्पनीसँग कानुनी लडाई लड्दा समेत श्रम ऐन अनुसारका सुविधाहरु नपाएको गुनासो गरेका छन् ।

कुनै पनि बीमा कम्पनीमा कार्यरत कर्मचारी अर्को कम्पनीमा काम गर्न जाँदा पुरानो कम्पनीबाट क्लियरेन्स पत्र प्राप्त गरेपछि मात्रै नयाँ कम्पनीले कर्मचारी नियुक्त गर्न बीमा समितिले यसअघि नै बीमा समितिहरुलाई आन्तरिक सर्कुलर नै जारी गरेर निर्देशन दिएको थियो । बीमा समितिको निर्देशन उल्लंघन गर्दै कर्मचारी नियुक्त हुँदा समेत बीमा समिति मौन छ । नियमनकारी निकाय प्रभावकारी नहुँदा बीमा क्षेत्रमा विकृति बढ्दै छ । ज्योति र नेशनलको जस्तै अन्य दर्जनौं कर्मचारीहरु यसैगरी क्लीयरेन्स पत्र नलिई अर्को कम्पनीमा काम गरिरहेका छन् । जसले गर्दा बीमा कम्पनीहरुले लाखौं लगानी गरेर कर्मचारीको बृत्ति विकास गराउने तर काम गर्ने बेलामा धेरै र तलब र उच्च पदको लोभमा कम्पनी छोड्ने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS