IME Life New

नेशनल बायोटेकले आइपीओ निष्काशन गर्ने, परामर्शदातामा एनआईबिएल एस क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र नेशनल बायोटेकबीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपीओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा नेशनल बायोटेक प्रा।ली।का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुरविन्द्र विक्रम सिजापतिले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले नेशनल बायोटेक प्रा.ली.लाई सर्वसाधारण सेयर निष्काशन पूर्व कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्थता तथा परामर्श सेवाप्रदान गर्नेछ ।

Esewa
Crest

जस अन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले प्राइभेट कम्पनीलाई पब्लिक कम्पनी रुपान्तरणमा मध्यस्थता गर्ने, पूँजि संरचनामा आवस्यक परामर्श दिने, निष्काशन प्रकृया, आकार र मुल्य निर्धारणमा परामर्श दिने र सेयर निष्काशन पूर्व कम्पनिलाई चाहिने आवस्यक परामर्श , मध्यस्थता र कागजात तयारिमा सहयोग गर्ने छ । सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।

नेशनल बायोटेक प्रा.लि कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनि रजिष्ट्रारको कार्यालयमा दर्ता भई काठमाडौं नेपालमा सञ्चालन भइरहेको छ ।नेशनल बायोटेक प्राइभेट लिमिटेड नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रमाणित अर्गानिक कम्पनी हो, जसले उच्च गुणस्तरको जैविक मल दानेदार रूपमा उत्पादन गर्छ । यस कम्पनिको देशभरि १०० भन्दा बढी डिलर र खुद्रा विक्रेताहरू छन् ।यस कम्पनीले आफ्ना ग्राहकहरूलाई उचित मूल्यमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू प्रदान गर्दै आइरहेको छ ।

अनुभवी तथा गुणस्तरीय आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरूको सहयोगमा यस कम्पनिले विभिन्न दायरा र मोडेलहरूमा पशु–आधारित जैविक मल, कृषि आपूर्ति, पशु र बोटबिरुवामा आधारित जैविक मलहरू उत्पादन गर्न सक्षम रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS