IME Life New

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको कार्यान्वयन आरम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा नेशनल पेमेन्ट स्वीच सञ्चालनको कार्यान्वयन आरम्भ भएको छ । नेपाल राष्ट्र बैंकले हालै नेशनल पेमेन्ट स्वीच सञ्चालनको जिम्मेवारी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई दिएसँगै यसको प्रारम्भिक कार्यान्वयन सुरु गरिएको हो ।

नेशनल पेमेन्ट स्वीच कार्यान्वयनको पहिलो चरणमा विभिन्न २९ वटा बैंक तथा वित्तीय संस्था स्वीचसँग आबद्ध भएका छन् । २०७८ मङ्सिर २ गते गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा काठमाडौंमा आयोजित कार्यक्रममा १८ वाणिज्य बैंक, ५ विकास बैंक र ६ वटा वित्त कम्पनीले एनसीएचएलसँग सम्झौता गरी स्वीचसँग आबद्ध छन्।

Esewa
Crest

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत कार्डबाहेक रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, इ–वालेट, क्यूआर कोडमार्फत हुने भुक्तानीलाई समेटिएको छ । यसअन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड बमोजिम नेपाल–पे क्यूआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण, वालेट–वालेटबीच अन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तरआबद्धता तथा पीएसओ सेटलमेन्टलगायतका भुक्तानी उपकरणहरू उपलब्ध हुने जनाइएको छ । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रूपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपीआइकामार्फत बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

यसै गरी, दोस्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्ड कार्यान्वयनको निम्ति आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी एनसीएचएलले दिएको छ ।

बिहीबार आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनले सुरक्षित, सक्षम र सहज भुक्तानी प्रणाली विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको धारणा राखे । उनले भने, “बैंक तथा वित्तीय संस्थासँगै भुक्तानी कारोबारमा संलग्न अन्य संस्थाहरूबीच अन्तरआबद्धता स्थापित गरी कारोबारलाई सुरक्षित र स्वस्थ बनाउने दिशामा पेमेन्ट स्वीचको कार्यान्वयन एउटा महत्वपूर्ण उपलब्धि हो ।”

सो अवसरमा भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेल, बैंकिङ विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धर, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय, डेभलपमेन्ट बैंक एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकारी तुलाधरले पेमेन्ट स्वीचको कार्यान्वयनले भुक्तानी प्रणालीलाई थप सुरक्षित र सहज बनाएको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS