IME Life New

नेरुडे लघुवित्तको लोभ लाग्दो ग्रोथ, खुद नाफा ११४ प्रतिशतले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेरुडे लघुवित्तले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीले चुक्ता पुँजी ३४  करोड ५७ लाख छ भने जगेडा कोषमा ४५  करोड ४७  लाख संचित छ। जगेडा कोष ७३  प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको खुद नाफा ११४  प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ७  करोड ९७  लाख खुद नाफा गरेको छ भने कम्पनीको प्रति शेयर आम्दानी ३०  रुपैया ७५ पैसा छ। कम्पनीको मूल्य आम्दानी अनुपात १६   दशमलव ३२  गुणा छ।
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी २३  प्रतिशतले वृद्धि हुँदै २७  करोड ८७  लाख पुगेको छ।

Crest

निक्षेप संकलन ३०  प्रतिशतले वृद्धि हुँदै १ अर्ब ८२  करोड पुगेको छ भने कर्जा प्रवाह २८  प्रतिशतले वृद्धि गर्दै ४  अर्ब ७८  करोड पुगेको छ। सापटी  रकम ३६ प्रतिशतले वृद्धि हुँदै २ अर्ब १७ करोड पुगेको छ।
तेश्रो त्रैमास सम्म कम्पनीले २  करोड ७६  लाख प्रोभिजन गरेको छ भने कुनै पनि रकम राईट व्याक गरेको छैन।
चुक्ता पुँजी भन्दा धेरै जगेडा कोष भएकाले कम्पनीको किताबी २३१ दशमलव ५२ रुपैया छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS