IME Life New

नेप्से २१०० तल आएको दिन ठूला ब्रोकरबाट आक्रामक विक्री भएकै हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  साताको अन्तिम कारोवार दिन अर्थात माघ १९ गते नेप्से परिसूचक २१०० विन्दु तल आएको छ । पुष २५ गते मात्र २२०० माथि बन्द भएको बजार छोटो समयमै २१०० विन्दु तल आएको छ ।

विहिवार नेप्से परिसूचक २२ दशमलव १२ अंकले घट्दा सूचक २०९४ दशमलव ५४ विन्दुमा बन्द भएको छ । कारोवार रकम २ अर्ब माथि बसेको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोवार भएको थियो । बजार २१०० तल आएको दिन उक्त  दिन सर्वाधिक रकमको कारोवार गरेका सुरुका दुई ब्रोकरबाट विक्रीको तुलनामा खरिद धेरै भएको देखियो भने शिर्ष ५ कारोवार गर्ने ब्रोकर मध्ये त्यसपछिका ३ ब्रोकरबाट भने खरिदको तुलनामा विक्री धेरै भएको देखियो।

Esewa
Crest

ब्रोकर नम्बर ५८ बाट २१ करोड ०९ लाखको खरिद हुँदा २० करोड ४२ लाखको विक्री भएको छ। सो ब्रोकरबाट विक्रीको तुलनामा ६७ लाख धेरै खरिद भएको छ।

त्यस्तै ब्रोकर नम्बर ४२ बाट १२ करोड ७८ लाखको खरिद हुँदा ७ करोड ९४ लाखको विक्री भएको छ ।  सो ब्रोकरबाट विक्रीको तुलनामा ४ करोड ८४ लाख धेरै खरिद भएको छ।

तेश्रोमा सर्वाधिक कारोवार गरेको  ब्रोकर नम्बर ४५ बाट ७ करोड ७९ लाखको खरिद हुँदा ११ करोड ३८ लाखको विक्री भएको छ । सो ब्रोकरबाट खरिदको तुलनामा ३ करोड ५९ लाख धेरै विक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

29%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS