IME Life New

नेप्सेमा रिलायबल समृद्धि योजना-२ को इकाई सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल समृद्धि योजना-२ को इकाई नेप्सेमा सूचीकृत भएको छ । आज साउन २२ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडबीच रिलायबल सामुहिक लगानी कोष अन्तर्गतको प्रति इकाई मूल्य १० रुपैयाँ कायम भएका कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष रिलायवल समृद्धि योजना-२ को इकाई सूचीकरण सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी वितरण गरिएको १२,५०,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकरण गरिएको हो ।

Esewa
Crest

उक्त म्युचुअल फण्ड साउन २५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS