काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले प्रबन्धक व्यवस्थापकीयका लागि १ जना र कनिष्ठ सहायकका लागि ४३ जना कर्मचारी माग गरेको हो । प्रबन्धकका लागि कुनै पनि विषयमा स्नाकोत्तर गरी बैंक तथा वित्तीय संस्थामा न्युनतम ३ वर्ष सहायक प्रबन्धकको कार्य अनुभव भएको हुनुपर्नेछ । कनिष्ठ सहायकका लागि एसएलसी उर्तिण वा उक्त परीक्षामा डि प्लस ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।













