IME Life New

युनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओको जिम्मेवारी रेना रिजाललाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)को जिम्मेवारी रेना रिजाललाई दिइएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले रिजाललाई निमित्त सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म निमित्त सीईओ तोकिएको छ। हाल उनी कम्पनीमा नायब सीईओका रुपमा कार्यरत छिन्।

Esewa
Crest

सीईओबाट नारायणकुमार भट्टराईले राजीनामा दिएपछि रिजालले निमित्त सीईओ जिम्मेवारी पाएकी हुन्। सोही बैठकले भट्टराईको राजीनामा पनि स्वीकृत गरेको छ।

कम्पनी सञ्चालक समितिको २०८२ चैत १० गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको थियो। सीईओ बनेको छोटो समयमै उनी राजीनामा दिएर युनाइटेड अजोड इन्स्योरेन्सबाट बाहिरिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS