IME Life New

नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयर सूचीकरण भएको हो ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.९० को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको १० लाख ८ हजार २ सय ६१ दशमलव ७८ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

Esewa
Crest

सिईडिबी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको हो । कम्पनीको ८३ लाख ९४ हजार १ सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत बोनश बापतको २० लाख १० हजार कित्ता शेयर सूचिकृत भएको छ। कम्पनीको फागुन २५ गते सम्पन्न भएको १८ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनश शेयर सुचिकृत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS