IME Life New

नेप्सेमा ठूला १० सूचीकृत कम्पनीमा वाणिज्य बैंकको वर्चश्व, कुन-कुन छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये ठूला १० कम्पनीमा वाणिज्य बैंकहरुको वर्चश्व देखिएको छ। नेप्सेमा बिहीबार (मंसिर ४ गते)को कारोबारअनुसार बजार पुँजीकरणको हिसाबले १० ठूला कम्पनीमा ५ वटा वाणिज्य बैंक छन् भने दुईवटा पुनर्बीमा कम्पनीका छन्। शीर्ष १० कम्पनीमा वाणिज्य बैंकहरुमा नबिल, ग्लोबल आइएमई, एभरेष्ट, नेपाल इन्भेस्टमेन्ट मेगा र स्ट्यान्डर्ड चार्टर्ड छन् भने पुनर्बीमा कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स छन्।

बजार पुँजीकरणका हिसाबले सबैभन्दा ठूलो कम्पनी विशाल बजार कम्पनी रहेको छ। यो कम्पनीको बजार पुँजीकरण २ खर्ब ४४ अर्ब १६ करोड ८९ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) दोस्रो स्थानमा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ६८ अर्ब ६६ करोड रुपैयाँ रहेको छ।

तेस्रो ठूलो कम्पनीमा नबिल बैंक रहेको छ। नबिलको बजार पुँजीकरण १ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ रहेको छ।

बजार पुँजीकरणका हिसाबले नेप्सेमा नागरिक लगानी कोष चौथो ठूलो कम्पनी हो। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब २८ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ।

यसैगरी नेपाल पुनर्बीमा कम्पनी यो सूचीको पाँचौँ स्थानमा रहेको छ। कम्पनीको बजार पुँजीकरण ९९ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ रहेको छ।

ग्लोबल आइएमई बैंक ८४ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ बजार पुँजीकरणका साथ छैटाँै स्थानमा रहँदा हिमालयन रिइन्स्योरेन्स ८२ अर्ब ३१ करोड ६० लाख रुपैयाँका सातौँ स्थानमा रहेको छ।

त्यस्तै एभरेष्ट बैंक ७६ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ (आठौँ), नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ७३ अर्ब ८८ करोड ८४ लाख रुपैयाँ (नवौँ) र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६६ अर्ब ९८ करोड २६५ लाख रुपैयाँ (दसौँँ) बजार पुँजीकरण रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS