IME Life New

नेप्सेद्वारा दुई जीवन बीमा कम्पनीसँग स्पष्टीकरण माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सले दुई जीवन बीमा कम्पनीसँग स्पष्टीकरण मागेको छ प्राईम लाईफ इन्स्योरेन्स र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीसँग नेप्सले विवरणहरु पठाउँदा धितोपत्र सूचिकरण नियमावलीको दफाहरु उल्लंघन भएको भन्दै तीन दिने स्पष्टिकरण माग गरेको हो ।

Esewa
Crest

प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले हिजो नेप्सेलाई दिएको सूचनामा विशेष सधारण सभाको मिति घोषण तथा उक्त विशेष सधारणसभामा प्रस्तुत हुने प्रस्तावमा बोनश शेयर तथा नगद लाभांश वितरण गर्ने व्यहोरा उल्लेख हुँदा कुन आर्थिक वर्षको सञ्चालन मुनाफाबाट बोनस शेयर दिन लागेको हो । सो कुरा उल्लेख नगरेको फेला परेपछि तीन दिनभित्र जवाफ पेश गर्न नेप्सेले प्राईम लाईफलाई पत्र काटेको हो ।

त्यसैगरी नेप्सेले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई पनि तीन दिने स्पष्टिकरण सोधेको छ । हिजो नेप्सेलाई दिएको सूचनामा सञ्चालक समितिको बैठक बसेको समय उल्लेख नगरेकाले के कति कारणले समय उल्लेख नगरिएको हो जवाफ पेश गर्न भनिएको छ ।

यद्यपि नेशनल लाईफ इन्स्योरेन्सले नेप्सेमा बुझाएको पत्रमा अपरान्ह भन्ने समय उल्लेख गरिएको छ । अपरान्ह भन्नाले ठोस समय नजनाउने हुँदा नेप्सेले चित्त नबुझाएर स्पष्टिकरण सोधेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS