IME Life New

नेप्सेको सबै भन्दा ठूलो कम्पनी नबिल हुँदा, टप १० मा कुन कुन कम्पनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हालको नेप्सेको तथ्याँकलाई आधार मान्दा नबिल बैंकको सर्वाधिक बजार पूँजीकरण रहेको छ । नबिल बैंकको बजार पूँजीकरण १ खर्ब ५९ अर्ब ६३ करोड छ । नबिल बैंकको सर्वाधिक बजार पूँजीकरण भएकोले पनि कम्पनीको शेयर मुल्यको परिवर्तले  नेप्से परिसूचकलाई धेरै असर गर्ने गर्छ ।

नेप्से परिसूचक घटबढ कम्पनीहरुको मूल्य घटबढले निर्धारण गर्ने भए तापनिं बजार पूँजीकरण धेरै भएका कम्पनीहरुको घटबढले नेप्से परिसूचकलाई धेरै प्रभाव पार्ने गर्छ भने थोरै पूँजीकरण भएका कम्पनीहरुको प्रभाव थोरै हुने गर्छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा सबै भन्दा धेरै पूँजीकरण भएको कम्पनीमा नेपाल टेलिकम रहेको छ । टेलिकमको १ खर्ब ५६ अर्ब पूँजीकरण छ भने तेश्रोमा नागरिक लगानी कोषको १ खर्ब ८ अर्ब पूँजीकरण हुँदा बाँकी सबै कम्पनीको पूँजीकरण भने खर्ब मुनी रहेको छ।

चौथोमा एनआईसी एशिया बैंकको ९१ अर्ब ३५ करोड पूँजीकरण हुँदा पाँचौमा नेपाल पुनर्बीमा कम्पनीको पूँजीकरण ८८ अर्ब ४१ करोड रहेको छ ।

धेरै पूँजीकरण भएका १० कम्पनीमा ६ वाणिज्य बैंकको शेयर रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

58%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

10%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS