IME Life New

नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले १० प्रतिशत लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल पावर कम्पनीको समेत शेयर रहेका नेपाल हाईड्रो एण्ड ईलेक्ट्रिकले १० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । यस कम्पनीले शेयर धनीहरुलाई ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर गरी १० प्रतिशत लाभांस वितरण गर्ने भएको हो । कम्पनी संचालक समितिको असार ३३ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीले लाभांश लगायतका प्रस्ताव पारित गर्न आउँदो भदौं १७ गते बुटवल स्थित क्लव डेनोभो होटलमा साधारण सभा आह्वान गरेको छ ।साधारणसभामा संचालक समितिको प्रतिबेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिबेदन सहितको २०७४ असार मसान्तको वासलात तथा अर्थिक वर्ष २०७३÷७४ सम्मको नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाहको विवरण पारित गर्ने तयारी गरेको छ । यस्तै बोनस शेयर मार्फत पूँजी बृद्धि गर्न कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने तयारी पनि गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS