IME Life New

नेपाल स्टकद्वारा पाँच ब्रोकर कम्पनीको मार्जिक कारोबार अनुमति खारेज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबारको लागि अनुमति प्राप्त पाँच वटा ब्रोकर कम्पनीको अनुमति खारेज गरेको छ ।

स्टक एक्सचेन्जले हिजो एक सूचना प्रकाशित गर्दै ब्रोकर नम्बर २८को श्री कृष्ण सेक्युरिटिज, ब्रोकर नम्बर ५२ को सुन्धारा सेक्युरिटिज, ब्रोकर नम्बर १० को प्रज्ञान सेक्युरिटिज, ब्रोकर नम्बर ५८ को नासा सेक्युरिटिज र ब्रोकर नम्बर २२ को सिप्रवी सेक्युरिटिजको मार्जिन कारोबार सुविधा अनुमति पत्र नविकरण नभई खारेज भएको जनाएको छ ।

Esewa
Crest

समयमा आवेदन दिई नविकरण नगरेको कारण चालू आर्थिक वर्षको लागि यो उक्त पाँच कम्पनीको मार्जिन कारोबारको अनुमति पत्र स्वतः खारेज भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार कूल २२ वटा मध्ये बाँकी १७ वटा कम्पनीले मार्जिन कारोबार गर्न पाउने जनाएको छ ।
धितोपत्र कारोबारको लागि अनुमति प्राप्त गरेका कम्पनीहरुले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ अनुसार नविकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS