IME Life New

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड, १३ सदस्यीय नयाँ कार्य समिति चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित गरेको हो । संघले विकास दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिमा निवर्तमान अध्यक्ष सन्दिप कुमार अग्रवाल, उपाध्यक्ष रतन लाल केडिया, उपाध्यक्षमा अमित मोर, महासचिवमा निखिल चाचान र सदस्यहरुमा कमल कुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दिपक सापकोटा, राजिव गुप्ता, विरेन्द्र कुमार संघई, विपिन कावरा र मनोज तापरिया रहेका छन्। उक्त विशेष साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को बजेटले घ्यु तेलमा भन्सार महशुल बढाएको र त्यसले नेपालका उद्योग बन्द हुने अवस्थामा पुग्ने भएकोले भन्सार शुल्क फिर्ता लिई साविक बमोजिम कै कायम गर्न माग गरेको छ ।

Esewa
Crest

संघले भनेको छ ‘हाल भारत मा घ्यु तेल मा भन्सार महसुल ०% र GST ५%  मात्र रहेको तर नेपाल मा प्रस्तुत २०८०-८१ को बजेट ले उध्योग को लागि कच्चा पदार्थ मै १०% र VAT १३ %  लगाइएको हुँदा नेपाल र भारत मा कर मात्रै लगभग २० % को फरक हुन जान्छ जस्ले गर्दा नेपाल र भारत जस्तो खुल्ला सिमाना भएको देश मा चोरी पैठारी बढ्न गई अनाधिक्रित ब्यापार बढी एकातिर घ्यु तेल उध्योग हरु पनि संकट मा पर्ने र अर्को तिर सरकार लाई पनि राजस्व प्राप्त नहुने अवस्था आउने देखिन्छ । हाल कै अवस्था मा पनि भारत सँग को सिमावोर्ती क्षेत्र मा चोरी पैठारी का सामान हरु बिक्री बितरण भईरहेको देखिन्छ भने अझ थप भन्सार महसुल को फरक हुँदा यस्ले ठुलो रुपमा असर गर्ने देखिन्छ। तसर्थ प्रस्तुत बजेट मा बढाइएको भन्सार दर लाई तत्काल सच्याइ साबिक बमोजिम कै कायम गर्न का लागि सम्बन्धित सरोकार वाला निकायमा यस संघ जोडदार माग गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS