IME Life New

नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंक उत्कृष्ट करदाताको सूचिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजश्व विभागले उत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । आठौं राष्ट्रिय कर दिवसको अवसर पारेर आयोजित कार्यक्रममा नेपाल लाईफ र कामना सेवा विकास बैंक उत्कृष्ट करदाताको सूचिमा पर्दै सम्मानित भएका छन् ।

विभागले आज सम्मान गर्दै नेपाल लाईफ इन्स्योरेन्सलाई बीमा क्षेत्रमा सबैभन्दा बढि कर तिर्ने संस्थाको रुपमा अर्थमन्त्री डा. युवराज खतिवडामार्फत प्रमाण पत्र प्रदान गरेको छ । त्यस्तै मध्यस्तरीय करदाताको रुपमा कामना सेवा विकास बैंकलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो । नेपाल लाईफ इन्स्योरेन्स कामना सेवासँगै देशका विभिन्न क्षेत्रबाट उत्कृष्ट करदाताको रुपमा १४ व्यापारिक फर्म तथा एक जना व्यक्ति सिद्धार्थ सम्शेर राणालाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको हो ।

Esewa
Crest

यस वर्षको उत्कृष्ट करदातामा आयकर र भ्याट समेत गरी सूर्य नेपाल पहिलो, निर्यातकर्ताको रुपमा जगदम्बा स्टिल्स उत्कृष्ट र गैर चुरोट र मदिराबाट डाबर नेपाल उत्कृष्ट घोषणा गरिएको छ । त्यस्तै, कृषि क्षेत्रबाट अन्नपूर्ण एग्रो, लघुवित्त कम्पनीहरु मध्येबाट छिमेक लघुवित्त, बैंकहरुको तर्फबाट राष्ट्रिय वाणिज्य बैंक, बीमा कम्पनीहरुको तर्फबाट नेपाल लाइफ इन्स्योरेन्स, मनिपाल एजुकेशन, बल्र्डलिंक कम्युनिकेशन, अग्नि इन्कर्पोरेट, तारागाउँ रिजेन्सी, कामना सेवा विकास बैंक, मौरिसस प्रा.लि., घोराही सिमेन्ट र सिद्धार्थ सम्शेर राणालाई अर्थमन्त्री डा. खतिवडाले आन्तरिक राजश्व विभागद्वारा आयोजित कार्यक्रममा सम्मान गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS