IME Life New

नेपाल लाईफले पनि टिकटक प्रतियोगिता गर्दै, जित्नेले १५ हजारसम्म पुरस्कार पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल लाईफ इन्स्योरेन्सले बडा दशैंमा ‘रातो टीका’ शीर्षक टिकटको भिडियो प्रतियोगिताको घोषणा गरेको छ।

टिकटकका प्रयोगकर्तालाई बडा दशैँको अवसरमा परिवार तथा आफन्तजनसँग टीका लगाएर दशैँ मनाएको दृश्यलाई नेपाल लाईफको गीत प्रयोग गरेर बनाउन आग्रह गरेको छ।
साथै उत्कृष्ट भिडियो बनाउने तीनजनालाई नगद पुरस्कार समेत प्रदान गर्ने घोषणा गरेको छ।

Esewa
Crest

प्रतियोगितामा सहभागीता जनाउने मध्ये प्रथम् स्थान हासिल गर्नेले १५ हजार, दोश्रो हुनेले १०‌ हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसअघि सिटिजन्स लाईफ इन्स्योरेन्सले पनि साउनदेखि भदौ महिनासम्म ‘हामी सिटिजन, हाम्रो सिटिजन’ टिकटक प्रतियोगिताको आयोजना आयोजना गरेको थियो। तीन दिन अघि विजेताको घोषणा गरेको सिटिजन लाईफले प्रथम् हुनेलाई २०‌ हजार , दोश्रो हुनेलाई १० र तेश्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ।
यसैबीच निर्जीवन बीमा कम्पनी प्रिमियर इन्स्योरेन्सले पनि कम्पनीको टिकटक फलो गरेर दशैंको रमाइलो पल कैद गरी बनाइएको भिडियो पोष्ट गर्ने उत्कृष्ट ३ जनालाई ५ हजार, ३ हजार र २ हजार रुपैयाँको गिफ्ट भौचर प्रदान गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS