IME Life New

नेपाल लाईफको संचालक नियुक्ति सम्बन्धी विवादमा नेप्सेले बीमा प्राधिकरण र धिताेपत्र बाेर्डलाई पत्र लेख्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल लाईफ इन्स्योरेन्सको संचालक समितिमा दुईजना संचालकको अवैध नियुक्ति सम्बन्धमा आवश्यक कारवाही गर्न नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्डलाई बुधबार पत्र पठाएको छ ।

नेपाल लाईफको संचालक समितिमा कमलेश अग्रवाल र पारुल ढकालको नियुक्ति नियम संगत नभएकाले खारेजीको माग गर्दै कम्पनीको शेयरधनीले अर्थ मन्त्रालयको साथै सबै नियामक निकायमा निवेदन दिएका थिए । निवेदन उपर प्रतिकृया जनाउँदै नेप्सेले प्राधिकरण र बोर्डलाई निवेदन अनुसार कारवाही प्रकृया अघि बढाउनको लागी अनुरोध सहित पत्र पठाएको हो ।

Esewa
Crest

नेपाल लाईफको संचालक समितिमा सर्वसाधारण शेयरधनी र प्रवद्र्धक शेयरधनीको तर्फबाट समेत गरी पटक पटक दोहोरिएका कमलेश अग्रवाल नागरिक लगानी कोषको संचालक समिति सदस्य समेत रहेका छन् ।

यसकारण अग्रवाल र ढकालको नियुक्ति अवैध छः

नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति)को संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को तेश्रो संशोधन अनुसार एउटा व्यक्ति कुनै पनि बीमा कम्पनीको दुई कार्यकाल भन्दा बढी संचालक समिति सदस्य नियुक्त हुन नपाउने प्रावधान छ ।अग्रवाल र ढकाल दुबैजना दुई कार्यकाल भन्दा बढी पटक पटक संचालक समितिमा नियुक्त भएका छन् ।

नेपाल बीमा प्राधिकरण (साबिक बीमा समिति)को संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को तेश्रो संशोधन सहित निर्देशन नं. ७ को सञ्चालकको अयोग्यता अन्तर्गत उपनिर्देशन (ङ) र (छ) को प्रावधान अनुरुप समेत नेपाल लाइफको अग्रवाल संचालक पदमा नियुक्त हुन अयोग्य छन् । निर्देशिकाको निर्देशन ‘ङ’ मा “बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक वा अन्य कुनै पनि बीमकको संस्थापक समूहको आधारभूत शेयर धारण गरेको बहालवाला सञ्चालक वा कर्मचारी” र ‘छ’ मा बीमक कम्पनीको सञ्चालक हुन वा सञ्चालकमा मनोनित हुन अयोग्य व्यक्तिमा “धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेन्ट बैंकर” भनेर तोकिदिएको छ ।”

यसरी यी दुबै निर्देशन अन्तर्गत अग्रवाल बैंक तथा वित्तीय संस्थाको प्रतिनिधिको रुपमा संस्थापक शेयरधनीतर्फ सञ्चालक रहेको नागरिक लगानी कोषले विभिन्न कोषहरु स्थापना गरी कर्मचारी तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने तथा ऋण प्रवाह गर्ने कार्य गर्दै आइरहेको छ । निर्देशन नं. ७ अनुरुप नागरिक लगानी कोषले मर्चेन्ट बैंकरको रुपमा समेत काम गर्दै आइरहेको छ ।

धितोपत्र बोर्डबाट २०७५ साउन १ देखि लागू भएको सूचिकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ को निर्देशन ६ को सञ्चालकको अयोग्यतामा उपनिर्देशन (क) मा दिइएको “धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा लाभको पदमा रहेको व्यक्ति भनि पहिलो बुँदामा स्पष्ट रहेको छ । अग्रवाल धितोपत्र व्यवसायी नियमावली २०६४ अनुसार अनुमति लिई कार्य गरिरहेको नागरिक लगानी कोषमा २०७५ साल वैशाख ७ गते भएको २२ औं साधारण सभादेखि लगातार संस्थापकतर्फको सञ्चालक पदमा कायम  छन् ।

त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्सको १८ औं, १९ औं र २० औं साधारण सभासम्म कम्पनीको संस्थापक तर्फको सञ्चालक रहेकी पारुल ढकाल २१ औं साधारण सभाबाट स्वतन्त्र संचालक पदमा नियुक्त भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS