IME Life New

नेपाल लाईफको बीमा शुल्क आर्जन ४३ प्रतिशतले बढ्यो, जगेडा कोषमा ५ अर्ब ६१ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। लाईफ इन्स्योरेन्सको लिडर नेपाल लाईफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम ४३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १५ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ४२ प्रतिशतले वृद्धि हुँदै १५ अर्ब १९ करोड पुगेको छ।
कम्पनीले जारी गरेको बीमा लेख संख्या ११ प्रतिशतले  वृद्धि भएको छ।

कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ४६ करोड ७२ लाख खुद नाफा गरेको छ। कम्पनीको प्रकाशित प्रति शेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको छ।

कम्पनीले आफ्नो वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोग गरिसकेको अवस्थामा प्रस्तावित २५ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन गरे पश्चात कम्पनीको पुँजी ५ अर्ब ५० करोड पुगेको छ।
कम्पनीको जगेडा कोषको आकार ६१ प्रतिशतले वृद्धि भएर ५ अर्ब ६१ करोड पुगेको छ भने जीवन बीमा कोषको आकार २५ प्रतिशतले वृद्धि भएर ५९ अर्ब ४६ करोड पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS