IME Life New

नेपाल लाइफ सर्वाधिक ठूलो रोजगारदाता, एशियन दोश्रो स्थानमा हुँदा यूनियन तेश्रो ,कुन कम्पनीमा कति आबद्ध ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले आफ्नो शाखा संजाल विस्तार गर्दै आएका छन् । बीमा कम्पनीहरु सहरमा मात्र सिमित नभई देशको दुरदराजसम्म शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्दै आएको अवस्था छ । शाखा संजाल विस्तार गर्ने क्रमसँगै कम्पनीहरु जनशक्ति बृद्धिमा पनि उत्तिकै अग्रसर रहेका छन् । यसैक्रममा जीवन बीमा कम्पनीहरुले हाल २२ सय ९८ वटा शाखा कार्यालयहरु संचालनमा गरी ६ हजार १ सय ७४ जनालाई प्रत्यक्ष रोजगार दिइरहेका छन् ।

बीमा समितिको तथ्याङक अनुसार सर्वाधिक धेरै रोजगारदाता बीमकको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । हाल कम्पनीको १९० वटा शाखा कार्यालय विस्तार भएका छन् । जहाँ ६८४ जना जनशक्तिले प्रत्यक्ष रोजगार पाएका छन् ।

Esewa
Crest

बीमा समितिले प्रकाशन गरेको २०७९ असोज मसान्तसम्मको तथ्यांक अनुसार देशभर १५२ शाखा रहेको एशियन लाइफ इन्स्योरेन्स कम्पनी कूल ४३६ जना जनशक्ति सहित दोश्रो ठूलो रोजगारदाता जीवन बीमकको रुपमा रहेको छ । त्यस्तै, २०४ वटा शाखा कार्यालय विस्तार गरेको यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२९ जनालाई रोजगारी प्रदान गरी तेस्रो ठुलो रोजगारदाता जीवन बीमकको रुपमा स्थापित भएको छ ।

त्यस्तै, नेशनल लाइफले ११६ वटा शाखा तथा उप शाखा कार्यालय विस्तार गरी ३९८ जनलाई रोजगारी प्रदान गरेको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १४९ वटा शाखा कार्यालय विस्तार गरी ३९३ जना कर्मचारीलाई रोजगारी दिएको छ । ज्योति लाइफले १३० वटा शाखा कार्यालय विस्तार गरेर ३८५ जनालाई प्रत्यक्ष रुपमा रोजगार दिएको छ । सन नेपाल लाइफले १९१ वटा शाखा कार्यालय खोलेर ३७१ जनालाई जागिर दिएको छ । सिटिजन लाइफले १४१ वटा शाखा विस्तार गरेको छ । जहाँ ३५२ जनाले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफले ३४३ जनालाई रोजागारी दिएको छ । जसको ८२ वटा शाखा कार्यालय छन् । प्राइम लाइफले ३३७ जना जनशक्तिलाई रोजगार दिएको छ भने जसको १५५ वटा शाखा कार्यालय छन् । १ सय वटा शाखा संजाल रहेको प्रभु लाइफले २९५ जनालाई रोजगारी प्रदान गरेको छ । सानिमा लाइफले २७८ जनालाई रोजगार दिएको छ । जसको ११८ वटा शाखा कार्यालय संचालनमा रहेका छन् । आइएमई लाइफले २७० जनालाई रोजगारी प्रदान गरेको छ । जसको १४९ वटा शाखा कार्यालय विस्तार छन् ।

त्यसैगरी रिलायन्स लाइफले २५१ जनालाई रोजगारी प्रदान गरेको छ । जसको १२२ वटा शाखा कार्यालय छन् । एलआइसी नेपालमा २३८ जना कर्मचारी रहेका छन् । जसको ७८ वटा शाखा कार्यालय छन् । ९४ वटा शाखा संजाल विस्तार गरेको गुराँस लाइफले २३२ जनालाई रोजगार प्रदान गरेको छ । महालक्ष्मी लाइफले २०१ जनालाई रोजगारी दिएको छ । जसको ६७ वटा शाखा छन् । मेट लाइफको ३५ वटा शाखा छन् । जहाँ १७७ जनालाई रोजगारी दिएको छ । २४ वटा शाखा कार्यालय भएको राष्ट्रिय बीमा संस्थानले १०४ जनालाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

53%
happy

खुसी

7%
sad

दु :खी

13%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS