IME Life New

नेपाल लाइफ श्रावण १ देखि नेतृत्व बिहिन, महत्वपूर्ण कामकाज ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कामु सीइओ समेत रहेका नायब प्रमुख कार्यकारी अधिकृत सुशिल चौधरी बाहिरीएसँगै नेपाल लाईफ इन्स्योरेन्स अहिले नेतृत्व बिहिन अवस्थामा पुगेको छ।

२१ वर्ष नेपाल लाईफमा सेवा गरेका चौधरीले  श्रावण १ गतेदेखि लागू हुने गरी स्वेच्छिक अवकाश लिएका हुन्।

Esewa
Crest

कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिको लागि प्रविणरमण पराजुलीको नाम सिफारिश गरेको छ। बीमा समितिले सिफारिशको आधारमा स्वीकृति नदिएसम्म नेपाल लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत रहनेछैन।

बीमा समितिले स्वीकृत दिएकै मिति देखि लागू हुने गरि नियुक्ति गरिएकोले बीमा समितिले स्वीकृत नगरेसम्म नेपाल लाइफ नेतृत्व बिहिन हुनेछ ।

पराजुली हाल बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। कामु वा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संचालक समितिले कुनै पनि उच्चपदस्थ कर्मचारीलाई नदिएको हुँदा महत्वपूर्ण निर्णयहरु अवरुद्ध हुन पुगेको छ।

कम्पनी नेतृत्व बिहिन हुदाँ श्रावण १ गतेदेखि लागू हुने एजेन्सी स्किम सगैं अन्य महत्वपुर्ण कार्यको कुनै पनि निर्णय हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS