IME Life New

नेपाल लाइफ कर्जाको ब्याज दर वृद्धि फिर्ता लिन दिएको समय सीमा आज सकिंदै, माग पुरा नभए युनियन आन्दोलनमा उत्रिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिले गरेको बीमालेख धितोकर्जाको ब्याज दर वृद्धि फिर्ता लिनको लागी पेशागत अभिकर्ता संघले दिएको समय सीमा आज बुधबार सकिंदैछ । संघले दिएको म्याद आज सकिने भएपनि नेपाल लाईफ इन्स्योरेन्सको उच्च व्यवस्थापन तथा संचालक समितिले व्यतित बीमालेखमा ब्याज छुटको अवधि थप गर्ने बाहेकका अन्य कुनै पनि माग पुरा गरेको छैन ।

माग पुरा नभए आन्दोलनमा उत्रिएर सेवा ठप्प पार्ने चेतावनी संघले यसअघि नै दिइ सकेको छ । गत कात्तिक २३ गते नेपाल लाईफ पेशागत अभिकर्ता संघले प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीसमक्ष बीमालेख कर्जा ब्याज दरमा गरिएको वृद्धि फिर्ता लिन, व्यतित बीमालेख पूनर्जागरणको समयावधि थप गर्न लगायतको माग पेश गरेको थियो । अभिकर्तासँगको छलफलपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले सञ्चालक समितिको बैठकमा पेश गरेर माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Esewa
Crest

संघका नेता गणेश अधिकारीको संयोजकत्वमा रहेको टोलिले बीमालेख धितोकर्जाको ब्याजदर घटाउन, व्यतित बीमालेख नविकरण गर्ने छुटको समय बढाउन, नयाँ बीमालेख, अभिकर्ता कर्जा लगायतका विषयमा छलफल गरेको थियो । अभिकर्ताले बीमालेख धितोकर्जा १० प्रतिशतबाट १२ प्रतिशत पुर्याइएको भन्दै विरोध गर्दै ब्याजदर पूर्ववत अवस्थाकै १० प्रतिशतमा झार्न दबाव दिएका छन् ।

अभिकर्ता कर्जाका विषयमा पनि सहजीकरण गर्न अनुरोध गर्दै कर्जा तथा अन्य सुविधा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । साथै परिमार्जित बीमालेखहरुको बीमाशुल्क महंगो बनाइएको भन्दै पुरानै र सस्तो बीमाशुल्कमा बीमालेख खरिद गर्न सकिने गरी बिक्रीमा ल्याउनु पर्ने माग राखेका थिए ।

कम्पनीको दैनिक संचालन लगायतको काममा संचालक समितिको प्रत्यक्ष हस्तक्षेप हुँदा प्रमुख कार्यकारी अधिकृत पराजुलीलगायतको उच्च व्यवस्थापन टोलीले स्वतन्त्ररुपमा काम गर्न नपाएको गुनासो पुनः सुनिन थालेको छ ।

कर्मचारीको दैनिक भत्ता, भ्रमण भत्ता लगायतको सुविधामा संचालक समितिको मौखिक निर्देशनको आधारमा कार्यकारी अधिकृत पराजुलीले अंकुश लगाएका थिए । नेपाल लाईफ स्वतन्त्र कर्मचारी यूनियनले सुविधा कटौतीको विरोध जनाएपछि खोसिएका सुविधाहरु यथावत उपलब्ध गराउन उच्च व्यवस्थापन बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS