IME Life New

नेपाल लाइफले ६ महिना भित्र सिटी सेन्टर बेच्नु पर्ने, स्वार्थ बाझिने लगानीमा रोक: यस्तो छ ऐनमा व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफले सिटी सेन्टरमा गरेको संयुक्त लगानीलाई डाइभर्स गर्ने वा आफैले खरिद गर्नु पर्ने भएको छ । नयाँ बीमा ऐन २०७९ को दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ती जोड्न नहुने व्यवस्था गरे सँगै नेपाल लाइफ लगायत अन्य कम्पनीहरुले आफ्नो लगानीलाई डाइभर्स गर्नु पर्ने भएको हो ।

बीमा कम्पनीले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभुत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ती जोड्न हुँदैन भनिएको छ । यो व्यवस्था सँगै अव कुनै पनि बीमा कम्पनीले नेपाल लाइफले जस्तै सञ्चालकलाई फाइदा पुग्ने गरि कुनै पनि क्षेत्रमा संयुक्त लगानी गर्न पाउने छैनन् ।

Esewa
Crest

पछिल्ला समयमा नेपाल लाइफ लगायत अन्य बीमा कम्पनीहरुले सञ्चालकले लगानी गरेका जलविद्युत कम्पनी, घर जग्गामा लगानी गरेको पाइन्छ ।

यो ऐन प्रारम्भ हुनु अघि बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभुत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेन्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कानुनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गरेको वा कुनै सम्पत्ती जोडेको रहेछ भने यो ऐन प्रारम्भ भएको ६ महिना भित्र त्यस्तो व्यवसाय वा सम्पत्तीबाट आफ्नो व्यवसाय वा सम्पत्ती अलग गर्नुपर्नेछ ।

नेपाल लाइफले पनि सिटी सेन्टरमा गरेको लगानी अवको ६ महिना भित्रमा झिकिसक्नु पर्नेछ । वा नेपाल लाइफले नै सिटी सेन्टर खरिद गर्नु पर्नेछ । त्यस्तै एशियन लाइफले पनि सञ्चालकले लगानी गरेको हाइड्रोपावरमा लगानी गरेको छ । यस्तै अभ्यास प्रायः सबै कम्पनीमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

61%
happy

खुसी

7%
sad

दु :खी

21%
amazed

अचम्मित

7%
excited

उत्साहित

4%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS