IME Life New

नेपाल लाइफलाई छिटो सिइओ नियुक्त गर्न समितिको निर्देशन, साउन भित्रै नियुक्त गर्ने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले नेपाल लाइफलाई बोलाएर प्रमुख कार्यकारी अधिकृत किन नियुक्त नगरेको भन्दै स्पष्टिकरण सोधेको छ । समितिले कम्पनीलाई स्पष्टिकरणका लागि आह्वान गरे सँगै नेपाल लाइफका आन्तरिक नियन्त्रण विभाग प्रमुख प्रेम प्रसाद रेग्मी र मानव संशासन विभाग प्रमुख बन्दना शर्मा शिवाकोटी समितिमा पुगेका थिए ।

उनिहरुले साउन एक गतेसम्ममा कम्पनीले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसक्ने भन्दै प्रतिवद्धता व्यक्त गरेको बीमा समितिका एक अधिकारीले जानकारी दिए । समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि २१ दिने सार्वजनिक सूचना, त्यस पछि सर्ट लिष्टीङदेखि लिएर अन्तर्वार्तासम्म पुरा गर्न एक महिना लाग्ने हुँदा कसरी अवको १५ दिन भित्रमा मर्जर सफल पार्न सकिन्छ भन्दै सोधेको थियो ।

Esewa
Crest

उनिहरुले आन्तरिक रुपमा तयारी गरिरहेको हुँदा साउन एक गतेसम्ममा प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने भन्दै जवाफ दिएर आएका छन् । नेपाल लाइफ विगत कार्तिकदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ ।

निवर्तमान प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्तिक १८ गते पदबाट राजिनामा दिए सँगै कम्पनी प्रमुख कार्यकारी अधिकृत विहिन छ । कम्पनीले रिलायन्स लाइफका निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीलाई सिनियर डिसिइओमा नियुक्त गरे पनि उनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिन सकेको छैन । पराजुली गत पुस १२ गते रिलायन्स लाइफबाट बाहिरिएका थिए । उनको कुलिङ पिरियड सकिइसकेको छ । कम्पनीले प्रविण रमणलाई सिइओ बनाउने भन्दा पनि बाहिरबाट ल्याउने योजना बनाएको थियो । तर कम्पनीले यस अवधिमा आफुले भनेको जस्तो सिइओ नपाए पछि अन्तत पराजुलीलाई नै नियुक्ति गर्नु पर्ने अवस्था आएको छ ।

बीमा समितिले नेपाल लाइफलाई धेरै पटक कारबाही गरिसकेको छ । कम्पनीले हरेक पटक बीमा समितिको निर्देशिका उल्लङ्घन गरिरहेको हुँदा कारबाही गर्न बाध्य भएको बीमा समितिका एक अधिकारीले जानकारी दिए ।

बीमा समितिले संस्थागत सुशासन निर्देशिकामा तीन महिना भन्दा धेरै लामो समय प्रमुख कार्यकारी अधिकृत विहिन बनाउन नपाउने व्यवस्था गरेको छ । निर्देशिकामा यो व्यवस्था राखिएको पनि ७ महिना पुग्न थालिसक्यो । जवकी नेपाल लाइफ विगत ९ महिनादेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ ।

बीमा समितिले सबै विषयमा कारबाही गर्दा राम्रो सन्देश प्रवाह हुँदैन त्यसैले छिटो भन्दा छिटो सिइओ नियुक्त गरेर कारबाही गर्नु पर्ने बाध्यता ननिम्त्याउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS