IME Life New

नेपाल लाइफको पछिल्लो ५ वर्ष बुकक्लोज हुनुअघि शेयर मुल्य कति थियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अब्बल कम्पनीको रुपमा स्थापित हुँदै आएको छ । कम्पनीको वित्तीय अवस्थालाई हेर्ने हो भने पनि अधिकांश सूचकहरु राम्रो देखिन्छ । त्यस्तै, नेपाल लाइफले प्रत्यक वर्ष आकर्षक लाभांश दिँदै आएको छ।

यो वर्ष नेपाल लाइफले लाभांश प्रस्ताव गर्न बाँकी रहेको अवस्थामा लगानीकर्ताहरुले राम्रो लाभांश आउने लोभमा नेपाल लाइफको शेयरमा चहलपहल  वृद्धि हुँदैछ।

Esewa
Crest

विगत ५ वर्षको तथ्यांक हेर्दा बुक क्लोज हुनुभन्दा अघिल्लो दिन कति थियो शेयर मुल्य ?
आर्थिक वर्ष २०७०/७१मा कम्पनीले ६०  प्रतिशत बोनस शेयर र ८  प्रतिशत नगद लाभांश दिएकोमा सो लाभाश प्रयोजनका लागि कम्पनीले २०१५/५/२६ तारेरवमा बुक क्लोज गरेकोमा सो मिति भन्दा अघिल्लो दिनको कम्पनीको बजार मुल्य तीन हजार पाँच सय ९२ रुपैयाँ थियो ।

आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश दिएकोमा सो लाभाश प्रयोजनका लागि कम्पनीले २०१६/४/२८ तारिकमा बुक क्लोज गरेको थियो।  सो मिति भन्दा अघिल्लो दिनमा कम्पनीको बजार मुल्य तीन हजार ९  सय २७ रुपैयाँ थियो।

आर्थिक वर्ष २०७२/७३मा कम्पनीले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश दिएकोमा सो लाभाश प्रयोजनका लागि कम्पनीले २०१७/०३/१० तारिकमा बुक क्लोज गरेको थियो।  सो मिति भन्दा अघिल्लो दिनमा कम्पनीको बजार मुल्य दुई हजार ४ सय १५ रुपैयाँ थियो।

आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले ४२ प्रतिशत बोनस शेयर र २८ दशमलव ०५ प्रतिशत नगद लाभांश दिएकोमा सो लाभाश प्रयोजनका लागि कम्पनीले २०१८ /०३ /२८ तारिकमा बुक क्लोज गरेको थियो।  सो मिति भन्दा अघिल्लो दिनमा कम्पनीको बजार मुल्य एक हजार ५ सय ८५ रुपैयाँ थियो।

आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले २५ प्रतिशत बोनस शेयर र २३ दशमलव ५ प्रतिशत नगद लाभांश दिएकोमा सो लाभाश प्रयोजनका लागि कम्पनीले २०१९/५/२ तारिकमा बुक क्लोज गरेको थियो।  सो मिति भन्दा अघिल्लो दिनमा कम्पनीको बजार मुल्य एक हजार २ सय ७१ रुपैयाँ थियो।

पाँच वर्षमा कति दियो लगानीकर्तालाई लाभांश
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विगत पाँच वर्षदेखि आफ्ना लगानीकर्ताहरुलाई निरन्तर रुपमा लाभांश प्रदान गर्दै आएको छ। कम्पनीले विगत पाँच वर्षका आफ्ना लगानीकर्ताहरुलाई २ सय ३९ दशमलव ६२ प्रतिशत लाभांश प्रदान गरेको तथ्याङकले देखाउँछ। नेपाल लाइफका लगानीकर्ताहरुले पाँच वर्षको अवधिमा १ सय ७७ प्रतिशत बोनश शेयर प्रदान गरेको छ भने ६२ दशमलव ६२ प्रतिशत नगद लाभांश प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS