IME Life New

नेपाल लाइफको नयाँ बोनसदर सार्बजनिक, घट्यो कि बढ्यो बोनस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदरलाई स्थिर राख्न सफल भएन । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा धेरै  बीमा कम्पनीको बोनसदर धेरै नै घटेको   छ । नेपाल लाइफको संचालक समितिले बीमितलाई महत्व नै नदिएको कारण पनि बीमितले पाउने बोनसदर नबढेको हो।  नियमानुसार वर्ष भरिको कमाइको ९० प्रतिशत बीमित र १० प्रतिशत शेयरधनिहरुलाई छुट्याईएको हुन्छ।  यसमा बोनसदर निर्धारण गर्दा बीमा कोषमा शेयरधनिको कोषबाट समायोजन गर्न सकेको भए पछि सम्म बीमितले पाउने बोनसदर स्थिर हुने थियो तर नेपाल लाइफमा संचालकले आफ्नो मात्र फाइदा हेर्दा बोनसदर स्थिर राख्न नसकेको जानकारहरुले बताएका छन्।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६/२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको माघ १३ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

Esewa
Crest

कम्पनीले न्युनतम ५६ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

सावधिक(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन साथी) बीमालेख
सावधिक(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी र जीवन साथी) बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको २ लाख ७४९८७ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन(जीवन साहारा
सावाधिक तथा आजीवन(जीवन साहारा बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको ५२ हजार ३ सय ५९ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी (जीवन समृद्धि) बीमा योजना
अग्रिम भुक्तानी (जीवन समृद्धि) बीमा योजनामा १५ वर्षे अवधिको लागि बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनसर पाउनेछन् । त्यस्तै, २० वर्षे अवधिको लागि ५८ रुपैयाँ बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक.(धन वर्षा १५, धन वर्षा २०, नौलो जीवन समृद्धि, जीवन उन्नती, नौलो धन वर्षा,जीवन शान्ति,छोराछोरी र सदाबहार जीवन बीमा योजना
यस बीमालेखमा कम्पनीले एकै किसिमको बोनसदर दिने घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ६० रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको ५६ हजार ३५ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS