IME Life New

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८२ रुपैयाँ पाउने, कुन योजनामा कति बोनस ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सावाधिक जीवन बीमालेख(नौलो सुरक्षित जीवन बीमा) योजना कम्पनीले गत वर्ष सार्वजनिक गरेको बीमालेख हो । गत वर्ष मात्र सार्वजनिक गरेको यस बीमालेखमा कम्पनीले राम्रो बोनसदर घोषणा गरेको छ । यस बीमालेखमा बीमितहरुले न्युनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बोनसदरलाई स्थिर राख्न सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा धेरै बीमा कम्पनीको बोनसदर धेरै नै घटेको छ । तर नेपाल लाइफले भने स्थिर राख्न सफल भएको छ ।

Esewa
Crest

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको भदौ १५ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको सबै बीमालेखहरुमा बोनस दर, मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीले  अधिकतम ८२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

सावधिक(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी ) बीमालेख
: सावधिक(सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी ) बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।
कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै विक्री गरेको छ । यस बीमालेख मात्र कम्पनीले २ लाख ९९ हजार ९७६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
सावाधिक जीवन बीमालेख( नौलो सुरक्षित जीवन बीमा) 
सावाधिक जीवन बीमालेख(नौलो सुरक्षित जीवन बीमा) योजना कम्पनीले गत वर्ष सार्वजनिक गरेको बीमालेख हो । गत वर्ष मात्र सार्वजनिक गरेको यस बीमालेखमा कम्पनीले राम्रो बोनसदर घोषणा गरेको छ । यस बीमालेखमा बीमितहरुले न्युनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।

कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै विक्री गरेको छ । यस बीमालेख मात्र कम्पनीले ४ हजार ८१२ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा)
सावाधिक तथा आजीवन(जीवन साहारा) बीमालेखमा कम्पनीले न्युनतम प्रतिहजार ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको १लाख ७ हजार २८ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि) बीमा योजना
अग्रिम भुक्तानी सावाधिक (जीवन समृद्धि) बीमा योजनामा १५ वर्षे अवधिको लागि बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनसर पाउनेछन् । त्यस्तै, २० वर्षे अवधिको लागि ५८ रुपैयाँ बोनस पाउनेछन् । बीमितको अत्याधिक माग पश्चात् यो बीमा योजना कम्पनीले बिक्रि बन्द गरेको थियो ।

अग्रिम भुक्तानी सावधिक(धन वर्षा १५, धन वर्षा २०, नौलो जीवन समृद्धि, जीवन उन्नती, नौलो धन वर्षा,जीवन शान्ति,छोराछोरी र सदाबहार जीवन बीमा योजना

यस बीमालेखमा कम्पनीले एकै किसिमको बोनसदर दिने घोषणा गरेको छ । कम्पनीको यस बीमालेखमा ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ६० रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको २९ हजार ५०७ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् । यस योजनामा २६ देखि ३० वर्ष र ३० वर्षमाथिको बीमा योजना खरिद भएको छैन् ।

अन्य जीवन सारथी बीमा योजना
यस बीमा योजनामा कम्पनीले ० देखि १० वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । ११ देखि १५ वर्ष अवधिको लागि पनि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ,२१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मको लागि ८२ रुपैयाँ बोनसदर कायम भएको छ भने यसै पोलिसीको ३० वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ८२ रुपैयाँ कायम भएको छ ।

कम्पनीले ११ देखि १५ वर्ष अवधिको बीमालेख धेरै विक्री गरेको छ । यस बीमालेख मात्र कम्पनीले ८ हजार ६ सय वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६० रुपैयाँ बोनस प्राप्त गर्ने छन् । यस बीमालेखको ० देखि १० वर्षअवधिको बीमा योजना खरिद भएको छैन् भने ३० वर्षमाथि अवधिको योजना पनि खरिद भएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS