IME Life New

नेपाल लाइफका निवर्तमान सिइओ विवेक झाले कति बुझ्थे तलब भत्ता सहित अन्य सुविधा?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल लाइफका निवर्तमान प्रमुख कार्यकारी अधिकृत विवेक झाले आर्थिक वर्ष २०७५/७६ मा एक करोड ८५ लाख रुपैयाँ तलब भत्ता तथा बोनस प्राप्त गरेको कम्पनीले जनाएको छ। कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन अनुसार तत्कालिन प्रमुख कार्यकारी अधिकृत विवेक झाले वार्षिक एक करोड १७ लाख रुपैयाँ तलब भत्ता बुझेका छन्।

उनले कार्यसम्पादनमा आधारित कर्मचारी बोनस बापत ३९ लाख ८२ हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रोत्साहन सुविधा भने २८ लाख ५० हजार रुपैयाँ बुझेका थिए। तलब भत्ता बोनस र प्रोत्साहन समित एक करोड ८५ लाख रुपैयाँ बुझेका हुन्।

Esewa
Crest

यस बाहेक झालाई संचय कोष बापत ६ लाख ४८ हजार रुपैयाँ, अनिवार्य विदा बापतको संचित भुक्तानी १२ लाख २४ हजार रुपैयाँ, जीवन बीमा प्रिमियम बापत चार लाख ७८ हजार रुपैयाँ, कर्मचारी कल्याण बापत २७ लाख ७० हजार रुपैयाँ तथा गाडि सुविधा बापत मासिक किस्ता एक लाख ६० हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले झालाई तलब भत्ता बोनस तथा अन्य विविध सुविधा बापत जम्मा दुई करोड ३८ लाख रुपैयाँ बुझेका हुन्। विवेक झा २०७७ असार ३१ गते बाहिरिएका थिए। दोस्रो कार्यकाल सकिए पछि उनी नेपाल लाइफबाट बाहिरिएका थिए। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई पहिलो नम्बरमा ल्याउन सफल झा तत्कालिन समयमा जीवन बीमा क्षेत्रमा सबैभन्दा कान्छो सिइओको रुपमा भित्रिएका थिए। चार्टर्ड एकाउन्टेन्ट पृष्ठभुमिका झाले अन्य बाणिज्य बैंकहरुकै सरह तलब भत्ता सुविधा लिने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS