IME Life New

नेपाल लाइफका जोनल हेड दिगविजय सिंघलको भव्य विदाई, एउटै कम्पनीमा २० वर्ष २० दिनको अनुभव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफका ‘जोनल हेड’ दिगविजय सिंघल नेपाल लाइफबाट अलग्गिएका छन् । उनले नेपाल लाइफमा २० वर्षे सेवा पुरा गरेर राजिनामा  दिएका हुन् । उनलाई नेपाल लाइफले आज भव्य विदाई गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेशनल सेल्स हेड नायब महाप्रबन्धक उमापती पोखरेल, ब्यापार तथा रणनीति बिभाग प्रमुख अमित कयाल, कम्पनी सचिव बिनोद कुमार भुजेल, कर्मचारी संघ लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुले उनलाई विदाइ गरेका थिए । सिंघलले आगामी दिनमा आफैले केहि व्यवसाय गर्ने सोच बनाएका छन् । विदाइका क्रममा उनले नेपाल लाइफमा विताएका पलहरु सधै ताजै रहने बताए ।

Esewa
Crest

उनी २०५९ साल साउन १९ गते बिक्रि प्रतिनिधिको रुपमा प्रवेश गरेका थिए । नेपालजगञ्ज उप शाखाबाट काम सुरु गरेका उनले २०६२ सम्म काम गरे । त्यस पछि उनि लहानमा सरुवा भए । लहान शाखामा ६ महिना काम गरे पछि कर्पोरेट अफिसमा इन्टरनल अडिटमा काम गर्ने मौका पाए । इन्टरनल अडिटमा भने उनले २ महिना मात्रै काम गरे ।

कम्पनीले उनलाई बढुवा सहित काठमाडौं शाखाको ब्रान्च म्यानेजर बनायो । त्यसपछि रिजनल हेड हुँदै ब्रान्च कोर्डिनेसन डिपार्टमेन्टको प्रमुख भए । ब्रान्च कोर्डिनेसन हुँदै अण्डराइटिङ र एजेन्सी डिपार्टमेन्टको प्रमुखको भुमिका निर्वाह गरे । नेपाल लाइफबाट अलग हुँदा उनि बरिष्ठ सहायक महाप्रवन्धक पदमा कार्यरत थिए । उनको राजिनामा भदौ ८ गते स्वीकृत हुँदा सिंघलले नेपाल लाइफमा मात्रै २० वर्ष २० दिन काम गरे । एउटै कम्पनीमा यति धेरै लामो समय काम गर्ने एकदमै कम मात्र हुन्छन् । यस सगैं नेपाल लाइफले यसै वर्ष २० वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीको भब्य बिदाई गरेको छ।  यस अगाडी नायब प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीको पनि भब्य बिदाई गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS