IME Life New

नेपाल र बंगलादेशको जोखिममा आधारित सुरपरिवेक्षण ढाँचा हुबहु, कसले बनाई दियो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट जारी गरेर लागू गरिएको जोखिममा आधारित सुपरिवेक्षण ढाँचा हुबहु बंगलादेशमा समेत लागू गरिएको छ । नेपाल बीमा प्राधिकरणले प्रचलनमा ल्याएको र बंगलादेशको बीमा विकास तथा नियमन प्राधिकरणले जारी गरेको दस्तावेज ८० प्रतिशतभन्दा बढी मेल खान्छ।

बीमा प्राधिकरणले २३ मे २०२३ (२०८० जेठ ९ ) मा सार्वजनिक गरेको सुपरिवेक्षण ढाँचा र बंगलादेशमा बीमा विकासले २१ अप्रिल २०२४( २०८० बैशाख ९)  तारेखमा जारी गरेको सुपरिवेक्षण ढाँचाको दस्ताबेज हुबहु छ ।

Esewa
Crest
नेपाल बीमा प्राधिकरणले जारी गरेको रिस्क बेस्ड सुपरभिजन फ्रेमवर्कको दस्तावेजको परिचय खण्ड

बंगलादेश बीमा विकास तथा नियामक प्राधिकरणले नेपाल बीमा प्राधिकरणबाट यो ढाँचाको दस्तावेज सापटी मागेर आफ्नो देशमा लागू गरेको हो वा विश्व बैंकका परामर्शदाताले पूर्णविराम, अल्पविराम समेत परिवर्तन नगरी दुबै देशलाई हुबहु ढाँचा उपलब्ध गराएको हो ?

बंगलादेशको बीमा नियामकले सार्वजनिक गरेको रिस्क बेष्ड सुपरभिजन फ्रेमवर्क दस्तावेजको परिचय खण्ड

विश्व बैंकको सशर्त अनुदानमा दक्षिण एशियाली मुलुक नेपाल, श्रीलंका, भुटान, भारत, पाकिस्तान र बंगलादेशले जोखिममा आधारित सुपरिवेक्षण ढाँचा (रिस्क बेष्ड सुपरभिजन फ्रेमवर्क) लागू गरेका छन् । बीमा नियामकले बीमा कम्पनीको सुपरिवेक्षणलाई परम्परागतरूपमा नभएर जोखिममा आधारित भएर गर्नुपर्ने अवधारणाको आधारमा यो सुपरिवेक्षण ढाँचा लागू गरिएको हो ।

वित्तीय क्षेत्र सबलिकरण अन्तर्गत सशर्त अनुदान दिएको विश्व बैंकले जोखिममा आधारित पूँजी सम्बन्धि अवधारणा लागू गर्नका लागि बीमा प्राधिकरणमार्फत् नेपालको बीमा क्षेत्रलाइ प्राविधिक सहयोग उपलब्ध गराएको छ । बंगलादेशमा पनि बैंकले नै यो अवधारणा लागू गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS