IME Life New

नेपाल रेमिट र अमान एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रा.लि र कुवेतको अमान एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यससँगै कुवेतमा रहेका नेपालीलाई नेपाल रेमिटमार्फत नेपालमा रेमिट्यान्स पठाउन अझ सहज भएको छ।

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्सचेन्ज कम्पनी डब्ल्यूएलएलका तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘कुवेतको प्रमुख रेमिट्यान्स कम्पनी अमान एक्सचेन्जसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ। कुवेतमा रहनुभएका नेपानीले अबदेखि सहजै नेपाल रेमिटमार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्नुहुनेछ।’

नेपालको पुरानो र विश्वसनीय नेपाल रेमिटले विगत १७ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैंक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ। यसका साथै नेपाल रेमिटका नेपालभर रहेका हजारौँ रेमिट्यान्स एजेन्ट नेटवर्कमार्फत समेत सहजै रेमिट्यान्स प्राप्त गर्न सक्नेछन्।

अमान एक्सचेन्ज कम्पनी कुवेतको एक अग्रणी एक्सचेन्ज कम्पनी हो। १६ सेप्टेम्बर १९७९ मा स्थापना भएको यो कम्पनीले कुवेतभर फैलिएका शाखाका साथै प्राविधिक रुपमा उन्नत प्लेटफर्महरुमार्फत मुद्रा स्थानान्तरण र मुद्रा विनिमय सेवा प्रदान गर्दै आएको छ।bv

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS