IME Life New

नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ। विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसर पारेर मर्चेन्ट बैंकरहरुको छाता संगठन मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको हो ।

असोज १८, १९ र २० गतेका दिन विभिन्न विश्वविद्यालय अन्तर्गत काठमाडौं उपत्यकामा स्नातक तह सञ्चालन गरिरहेका कलेजका विद्यार्थीहरुका बीचमा पूँजी बजार सम्बन्धी हाजिरी जवाफ प्रतियोगिता गरिने संघले जनाएको छ । संघका अनुसार उक्त हाजिरी जवाफ प्रतियोगिताका लागि प्रतियोगी विद्यार्थी स्नातक तहमा अध्ययनरत रहेको हुनुपर्ने र कुनै पनि कलेजले प्रत्येक संकायबाट स्नातक तहमा अध्ययनरत २ जना विद्यार्थी संलग्न गरी एक एक टोली छनोट गर्नुपर्ने र प्रत्येक टोलीको लागि प्रवेश शुल्क बापत १० हजार निर्धारण गरिएको छ ।

Esewa
Crest

प्रतियोगितामा विजेता हुने टोलीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले जनाएको छ। जस अनुसार प्रथम हुने टोलीको लागि १ लाख, दोस्रो हुने टोलीको लागि ५० हजार तृतिय हुनेको लागि २५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

उक्त हाजिरी जवाफ प्रतियोगितामा भाग लिनको लागि २०८० असोज १२ गते भित्र संघमा वा संघको इमेल ठेगानामा प्रतियोगी टोलीको नामावली पठाउनु पर्ने संघले जनाएको छ । संघले स्नातक तह सञ्चालन गरिरहेको काठमाडौं उपत्यकास्थित सम्पूर्ण कलेजहरुलाई प्रतियोगितामा भाग लिन आह्वान गरेको छ भने विस्तृत जानकारीको लागि ९८६०१०३२१५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS