IME Life New

नेपाल भियतनाम उद्योग वाणिज्य संघले धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघले मुलुकको धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने भएको छ । नेपालमा भियतनामी पर्यटकको अपार सम्भावना रहेको भन्दै संघले विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने भएको हो ।
संघका अध्यक्ष दिपक मल्होत्राको अध्यक्षतामा हालै बसेको कार्यसमिति बैठकले पर्यटनलगायत द्विपक्षीय सहकार्यका लागि ठोस कार्ययोजना अघि बढाउन विभिन्न समितिहरु पनि गठन गरेको छ । जसअनुसार सर्वोत्तमलाल श्रेष्ठको संयोजकत्वमा पर्यटन प्रवर्द्धन समिति तथा सञ्जीव तुलाधरको संयोजकत्वमा वाणिज्य समिति गठन गरिएको छ ।

बैठकले विदुषी राणाको संयोजकत्वमा उद्योग तथा लगानी समिति, नवीन सारुको संयोजकत्वमा शिक्षा, संस्कृति तथा सामाजिक समिति तथा गोविन्द थपलियाको संयोजकत्वमा कृषि सुधार तथा प्रवर्द्धन समिति गठन गरेको संघका महासचिव गोपालदास मानन्धरले जानकारी दिए ।
संघको साधारणसभा जेठको अन्तिम साता गर्ने कार्यक्रम तय भएको छ । साधारणसभा सम्पन्न गर्न उपाध्यक्ष सुरेशमान श्रेष्ठको संयोजकत्वमा सम्मेलन आयोजक समिति बनाउने निर्णय गरिएको छ । साधारण सभाबाट यस संस्थाले आफ्नो विधान अनुरुप कार्यकालमा गर्नुपर्ने प्रतिवद्धताहरु समेत तय गरेको छ ।

Esewa
Crest

यस्तै संघले कार्यक्षेत्रलाई थप फराकिलो बनाइ संस्थामा आवद्ध सदस्य संख्यालाई विस्तार गर्ने योजना अघि सारेको छ । संघको साधारण तथा आजीवन सदस्य विस्तार गर्ने अभियान चलाउन विधान संशोधन गर्ने निर्णय पनि गरिएको छ । संघले स्थापनाकालदेखि नै मुलुकको सामाजिक, आर्थिक, कृषि, व्यापार–व्यवसाय तथा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा विशेष योगदान पु-याउँंदै आएको अध्यक्ष मल्होत्रा बताउँछन् ।

“संघको प्रमुख उद्देश्य नै मुलुकको पर्यटन क्षेत्रको विकास गर्नु रहेकोले नेपालमा भियतनामी पर्यटकको आगमन वृद्धि गर्न विशेषतः बुद्ध जन्मेको भूमी लुम्बिनीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि सम्बन्धित निकायहरुसंँग समन्वय गरिरहेका छौं,” अध्यक्ष मल्होत्राले भने ।

संघले आपसी सहकार्यमा कृषि क्षेत्रको विकास गर्ने तथा दुई देशबीच भइरहेका आर्थिक विकासका कार्यक्रमहरुका सम्बन्धमा अनुभव आदानप्रदान गर्न द्विपक्षीय भ्रमणको कार्यक्रम गर्ने जनाएको छ ।

भियतनामी लगानीका भित्र्याउनका लागि अध्ययन र अनुसन्धानका निमित्त नेपाली प्रतिनिधिमण्डलको भियतनाम भ्रमण गर्ने र भियतनाम चेम्बर्स अफ कमर्शका प्रतिनिधिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS