IME Life New

नेपाल बैंकमा आबद्धले धुलिखेल आगन्तुक रिसोर्टमा २५%सम्म बिशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकका कर्मचारी, कर्मचारीका परिवार र परिवारका सदस्यहरु तथा बैंकका ग्राहकहरुले धुलिखेल आगन्तुक रिसोर्टमा २५ प्रतिशतसम्म बिशेष छुट पाउने भएका छन्। यसबारे बैंक र रिसोर्टबीच आज एक सम्झौता भएको हो।

सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र कर्मचारीका परिवारका सदस्यहरूलाई आगन्तुक रिसोर्टमा खाना तथा आवासमा २५ प्रतिशत र पेय पदार्थमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिने हुनेछ।

Esewa
Crest

त्यसैगरि यस बैंकको डेविट कार्ड ,क्रेडिट कार्ड, मोवाइल बैंकिङ्ग,इन्टनेट बैंकिङ्ग र क्युआर कोड मार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई पनि उक्त छुट दिने व्यवस्था गरिएको छ।

सम्झौतामा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्का र आगन्तुक रिर्सोटको तर्फबाट बोर्ड संयोजक कृष्ण ज्ञवालीले हस्ताक्षर गरेका छन्।

उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख वित्त अधिकृत होम बहादुर खड्काले आगन्तुक रिसोर्टले नेपाल बैंकका कर्मचारी र ग्राहकहरुलाई विषेश छुट प्रधान गर्ने निर्णय गरेकोमा रिेसोर्ट प्रति हार्दिक आभार व्यक्त गरे।

आगन्तुक रिर्सोटका बोर्ड संयोजक कृष्ण ज्ञवालीले नेपालको ठूलो र सबल बैंक संग सहकार्य गर्ने पाउँदा खुसी व्यक्त गर्दे आगामी दिनमा यो सहकार्य थप मजबुत हुंदै जाने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा नेपाल बैंकका बजारिकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल र आगन्तुक रिसोर्टका मार्केटिङ्ग प्रमुख प्रभाकर खड्का लगायतको पनि उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS