IME Life New

नेपाल बीमा प्राधिकरणले सम्पुर्ण प्रदेश कार्यालयको आफ्नै भवन बनाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षमा सम्पुर्ण प्रदेश कार्यालयको आफ्नै भवन निर्माण गर्ने योजना बनाएको छ । हाल प्राधिकरणको कोशी प्रदेश कार्यालय, मधेष प्रदेश कार्यालय, गण्डकी प्रदेश कार्यालय, लुम्बिनी प्रदेश कार्यालय, कर्णाली प्रदेश कार्यालय र सुदुरपश्चिम प्रदेश कार्यालय रहेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राधिकरणले ६ वटै प्रदेश कार्यालयको आफ्नै भवन निर्माण गर्ने योजना बनाएको छ । चालु आर्थिक वर्षमै सम्पुर्ण प्रदेश कार्यालयको भवन बनाउने योजना बनाए पनि सफल हुन सकेन । हाल सबै कार्यालयहरु भाडामा सञ्चालन भइरहेका छन् ।

Esewa
Crest

बीमा प्राधिकरणले आफ्नो नियामकीय भुमिका तथा नियमनलाई सहजिकरण गर्न प्रदेश कार्यालय स्थापना गरेको हो । यहि संरचना अनुसार प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको छ । प्रादेशिक स्तरमा रहेका बीमा कम्पनीका शाखा कार्यालयहरुलाई यिनै प्रदेश कार्यालयले नियमन गरिरहेका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत आगामी वर्ष कुनै पनि सरकारकी भवन निर्माण नगर्ने तथा दरबन्दी सिर्जना पनि नगर्ने घोषणा गरिसकेको छ । यसले गर्दा प्राधिकरणको यस्तो योजनालाई सरकारले रोक लगाउन सक्ने उच्च सम्भावना छ । तर बीमा प्राधिकरण एक स्वायत्त निकाय भएको हुँदा यसले आफ्नै स्रोत साधनबाट भवन निर्माणको कार्य गर्न सक्ने अधिकार राख्दछ ।

मधेश प्रदेश कार्यालय वीरगञ्ज, कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदुरपश्चित प्रदेश कार्यालय धनगढी, गण्डकी प्रदेश कार्यालय पोखरा, कोशी प्रदेश कार्यालय विराटनगर र लुम्बिनी प्रदेश कार्यालय बुटवलमा रहेको छ । प्राधिकरणले आफ्नो नीति तथा कार्यक्रममा प्रदेश कार्यालय स्थापना गर्ने योजना उल्लेख गरे पनि प्राधिकरणको बोर्डबाट भने स्वीकृत हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS