IME Life New

नेपाल बीमा प्राधिकरणद्धारा नवलपरासीमा बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको सरावल गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि सरावल गाउँपालिकाका उपाध्यक्ष बासमती चमारले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक भएकाले गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा बीमालाई समावेश गरी अगाडि बढ्ने जानकारी दिए ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा प्रस्तुती दिएका थिए । साथै, उनले बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बाली बीमा गर्न नमानेको, गाडीको बीमा दाबी भुक्तानीमा जटिलता रहेको, दाबी सम्बन्धी समस्या हल नभएको, बीमाका बारेमा जानकारी नपाएको लगायतका धारणा राखेका थिए ।

यसैगरी, नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिकामा यही वैशाख ११ गते बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले गाउँपालिकाले आर्थिक सहयोग गरी विपन्न बर्ग र अशक्तलाई समेत बीमाको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष यादवले बीमा जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने र बचत गर्ने एक माध्यम समेत भएको उल्लेख गर्नुहुँदै बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न नेपाल बीमा प्राधिकरणलाई आग्रह गरे ।

नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बीमा दाबी गर्दा आवश्यक कागजात सहित आफैले दाबी गर्नुपर्ने र विचौलियालाई त्यसको जिम्मा दिन नहुने बताउदै कुनै समस्या परेमा प्राधिकरणलाई जानकारी दिन आग्रह गरे ।

कार्यक्रममा सम्बन्धित गाउँपालिकाका वडा अध्यक्ष, सदस्य र कर्मचारी, विभिन्न बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख/प्रतिनिधि, अगुवा कृषक, सहकारी संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS